२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने

प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने


काठमाडौं—थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपिडी सेवा थालेका छन् । वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा विष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा दिन थालेका हुन् ।

डा. विष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन ओपिडीमा उपलब्ध हुनेछिन् । यस्तै, डा. आचार्य प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म नर्भिक अस्पतालमा रहनेछन् ।

डा. विष्टसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको छ । यस्तै, डा. बिष्ट पछिल्लो समय रुचाइएका मधुमेह विशेषज्ञ हुन् ।

दुवै चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ