२०८१ असार २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यविहान खाली पेट बस्दा हुन सक्ने ४ स्वास्थ्य समस्या

विहान खाली पेट बस्दा हुन सक्ने ४ स्वास्थ्य समस्या


बिहानको नास्ता दिनका लागि सबैभन्दा राम्रो र महत्वपूर्ण भोजन हो । यसले शरीरलाई उर्जा दिन्छ र दिनभरी शरीरलाई सक्रिय बनाई राख्छ । बिहान नास्ताको शरीरलाई विभिन्न समस्याहरुबाट बचाइरहेको हुन्छ ।

बिहानको नास्ता नगर्दा विभिन्न समस्याहरु पनि आउन सक्छन् । यदि तपाईंलाई एसिडिटी र कम रक्तचापको समस्याले सताइरहेको छ भने बिहान घरबाट बाहिर निस्कनुभन्दा पहिला नास्ता सेवन गर्नुहोस् । बिहान नास्ता सेवन नगर्दा हुन सक्ने साइड इफेक्टहरुको चर्चा तल गरिएको छ ।

ग्यास्ट्रिकको समस्या
धेरै मान्छेहरु घरबाट नास्ता नगरी निस्किन्छन् । तर, यसले स्वास्थ्यलाई कुनै फाइदा दिँदैन् । यसले ग्यास्ट्रिकको समस्या बढ्न सक्छ । लामो समयसम्म यो प्रक्रिया फ्लो गर्दा अपच, ग्याष्ट्रिक र अल्सर जस्तो समस्या हुन सक्छ ।

बेहोस
लामो समयसम्म भोकै बस्नाले चक्कर आउन सक्छ । बसिरहेको ठाउँ वा हिड्दा–हिड्दैं बाटोमै पनि चक्कर आउने हुन सक्छ ।

कम रक्तचाप
तौल घटाउन भोकै नबस्नुहोस् । यसले विपी तल–माथि हुन सक्छ । भोकै बस्दा चक्कर आउँछ । चक्कर आउनु रक्तचाप कम हुनु हो । यसकारण बिहान नास्ता गर्नु स्वास्थ्यका लागि आवश्यक र फाइदाजनक छ ।

ब्लडसुगर कम हुनु
खाली पेट घरबाट निस्किँदा ब्लड प्रेसरको साथै ब्लड सुगरको लेभल पनि कम हुन्छ । ग्लुकोज एनर्जीको स्रोत हुन्छ । जुन सेवन गरेबापत मिल्छ । शरीरमा ग्लुकोजको कमीले धेरै नोक्सान हुन सक्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ