२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकेन्द्रीय कारागार अस्पतालद्वारा स्पाईनल हेल्थबारे सचेतना

केन्द्रीय कारागार अस्पतालद्वारा स्पाईनल हेल्थबारे सचेतना


काठमाडौं– केन्द्रीय कारागार अस्पतालले स्पाईनल हेल्थ सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरको छ । अस्पतालले राष्ट्रिय फिजियोथेरापी दिवस, निजामति सेवा दिवस र अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा स्पाईनल इन्जुरी सम्बन्धि उक्त कार्यक्रम गरेको हो ।

स्पाईनल हेल्थ सम्बन्धि एक दिने कार्यशाला तथा तालिमका लागि अस्पताललाई स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्र, काभ्रे साँगाले प्राविधिक सहयोग गरेको थियो ।

केन्द्रीय कारागार अस्पतालको सभाहलमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, नर्सिङ स्टाफहरु , प्रशासनिक तथा कारागार अस्पतालमा रहेका अन्य कर्मचारीहरु , केन्द्रीय सुधार गृह , भद्र सुधार गृह तथा महिला सुधार गृहका अस्पताल नाइकेहरु, कैदीबन्दी लगाएत ७० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको उद्घाटन केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा. प्रकाश बुढाथोकीले गरे । स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रका निर्देशक डा. राजु ढकालको टिमले अभिमुखीकरण, प्रयोग अभ्यास, खतराका चिह्नहरु तथा रोकथामका उपायहरुबारे प्रस्तूतीकरण गरे ।

कार्यक्रममा सहायक जेलर मित्र लुईटेलले अस्पतालले कैदीबन्दीको स्वास्थ्यमा धेरै काम गरेको भन्दै नाम अनुसारको केन्द्रिय अस्पताल बनेको बताए ।

त्यस्तै स्पाईनल ईन्जुरी रिह्याब सेन्टरका मेडिकल निर्देशक डा. राजु ढकालले डा. प्रकाशको नेतृत्वमा आएसँगै अस्पतालमा सुधारका कामहरु भइरहेको बताए । केन्द्रबाट मेडिकल निर्देशक डा. ढकाल र कार्यक्रम निर्देशक हरि अधिकारीबाट अस्पतालका बिरामीहरुलाई सहज होस भन्दै ह्विल चियर प्रमुख मे.सु.लाई हस्तान्तरण गरे ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ