गृहपृष्ठ ∕ अन्य ∕ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबारे सचेतना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबारे सचेतना हेल्थ आवाज बिहीबार, २०८० असोज ११ गते, १७:३२ मा प्रकाशित काठमाडौं—पाठेघरको मुखको क्यान्सरको बारेमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । बिहीबार काठमाडौंका विभिन्न विद्यालयका कक्षा १० देखि १२ मा अध्ययनरत किशोरीहरूलाई अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. पदमराज पन्तले पाठेघरको मुखमा हुने क्यान्सरको प्रारम्भिक निदानका महत्वबारे प्रकाश पारेका थिए । डा. पन्तले महिलाहरुको पाठेघरको परीक्षण गर्दा १ सय जनामा ५ जनामा पाठेघरको मुखको क्यान्सर देखिएकोले रोक्न र उपचार गर्नको लागि ग्राण्डी अस्पतालले विभिन्न स्कुल कलेज तथा स्थानीय निकायहरुसँग समन्वय गर्दै जनचेतना अभिवृद्धि गर्ने कुरामा अघि बढ्ने बताए। समयमै पाठेघरको मुखको क्यान्सर थाहा पाए उपचार गर्न सकिन्छ र यसको जानकारी भए रोकथामसमेत गर्न सकिन्छ भन्ने जानकारी आवश्यक भएको बताए। गाउँदेखि सहरसम्म जनचेतना जगाउनु आवश्यक रहेको बताउँदैं डा. पन्तले विकसित देशमाभन्दा अल्पविकसित देशमा यो रोग बढ्दै गएको बताए । उनले पाठेघरको क्यान्सर पत्ता लगाउन महंगो नभएको र कम खर्चमा गर्न सकिने भएकोले मुख्य कुरा सबैलाई चेतना फैलाउनु आवश्यक भएको बताए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ७ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल कसरी गर्ने छालाको हेरचाह ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल कसरी गर्ने छालाको हेरचाह ?