२०८३ भदौ २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यरसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति

रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति


काठमाडौं—रसुवाको भोटेकोशी बाढी प्रभावितहरुको सहयोगका लागि त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीले सांगीतिक प्रस्तुति दिएका छन् । शनिबार ठमेलस्थित नेपालकै ठूलो र अत्याधुनिक क्लब नोभामा प्रा.डा. भण्डारीले एकल सांगीतिक प्रस्तुति दिएका हुन् ।

उक्त सांगीतिक कार्यक्रमबाट उठेको रकम रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितको उद्धार, राहत तथा पुनस्थापनामा खर्च गर्न प्रधानमन्त्री राहत कोषलाई प्रदान गरिनेछ ।

प्रा.डा. भण्डारीले बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापना खटिएका सुरक्षाकर्मीको सम्मानमा सांगीतिक कार्यक्रम समर्पित गरेका थिए । बाढी प्रभावितको उद्धार, राहात र पुनस्थापनामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्मानमा ‘धन्यवाद’ नामक थिममा उक्त सांगीतिक कार्यक्रम बनाइएको थियो ।

सांगीतिक कार्यक्रममा डा. भण्डारीलाई देव लामा र रोशन श्रेष्ठसहितको टिमले साथ दिएको थियो । जसमा उनले आफ्ना र अन्य विभिन्न गायक/गायिकाका गीतहरुबाट उपस्थितहरुलाई मन्त्रमुग्ध बनाएका थिए । कार्यक्रमको होस्ट भने पूर्व मिस नेपाल सुगारिक केसी रहेकी थिइन् ।

यसअघि एलओडीमा समेत सोलो प्रस्तुति दिइसकेका सर्जन डा. भण्डारीका एक दर्जन बढी गीत सार्वजनिक भइसकेका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ