२०८३ असोज ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ सुमी फर्मास्युटिकल्सको पेनकिलर बिक्री वितरणमा रोक

सुमी फर्मास्युटिकल्सको पेनकिलर बिक्री वितरणमा रोक


काठमाडौं—औषधि व्यवस्था विभागले सुमी फर्मास्युटिकल्सको एउटा पेनकिलर न्यून गुणस्तरको पाइएपछि बिक्री वितरणमा रोक लगाएको छ । शुक्रबार विभागले राष्ट्रिय औषधि प्रयोगशाला परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि ओफेन (एसीक्लोफेनेक १०० एमजी)को पेनकिलर बजारबाट फिर्ता गर्न समेत निर्देशन दिएको हो ।

विभागले उक्त औषधिको ब्याच नं. ०२३ औषधी न्यून गुणस्तरको पाइएको जनाएको छ । विभागले न्यून गुणस्तरको पाइएको उक्त ब्याचको औषधि सिफारिस र प्रयोग नगर्न समेत निर्देशन दिएको छ ।

सुमी फर्मास्युटिकल्स गैडाकोडस्थित औषधि कम्पनी हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ