२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यरगत छोप्न सुकेको घाँस प्रयोग गर्नुपरेको पीडाबाट हुर्किएकी महिलाले बनाइन धुन मिल्ने स्यानीटरी प्याड

रगत छोप्न सुकेको घाँस प्रयोग गर्नुपरेको पीडाबाट हुर्किएकी महिलाले बनाइन धुन मिल्ने स्यानीटरी प्याड


इथोपिया-अफ्रिकाकी एक महिलाले धुन मिल्ने र पुनः प्रयोग गर्न प्याडको निर्माण गरेकी छिन् । उनले प्रत्येक महिना दिनमा महिलालाई आवश्यक पर्ने स्यानीटरी प्याडको पहुँच नभएको महिलाहरुलाई लक्षित गर्दै उक्त प्याडको उत्पादन गरेको बताएकी छिन् ।

५४ वर्षीय फ्रिविनी मिब्रतुद्धारा उत्पादित उक्त प्याडको उत्पादनले महिनावारी सम्बन्धि भएका विभिन्न सांस्कृतिक रुढिवादी विश्वासहरुको उन्मुलन गर्दै महिला स्वास्थ्यलार्ई उजागरण गर्ने लक्ष्य रहेको बताइएको छ । उनले किशोरावस्थामा भोगेको अनुभवको कारण पुनः प्रयोग योग्य प्याड निर्माण गर्ने प्रेरणा मिलेको बताइन् । उनी महिलाको निम्ति स्यानिटरी प्याडजस्तो अत्यावश्यक सामाग्री नपाइने मूलमा हुर्केकी थिइन् ।

त्यस्ता दिनहरुमा उनले प्याडको सट्टामा आफ्नो शरीरबाट बगेको रगतबाहिर नदेखियोस् भन्नको निम्ति सुकेको घाँस प्रयोग गर्ने गरेको बताइन् । ‘ती दिनहरुमा मेरो निम्ति महिनावारी हुनु श्राप सरह थियो,’ उनले भनिन् ।

युनिसेफका अनुसार, हालसम्म इपिथोपियाजस्ता धेरै देशहरुमा महिनावारी उनीहरुको दैनिक गतिविधि रोकिने विषयको रुपमा विद्यमान छ । त्यहाँका विद्यालयहरुमा हालसम्म पनि महिनावारी सम्बन्धि आवश्यक ज्ञानहरु समेत सिकाइदैन । अफ्रिकी मुलुकका कतिपय अस्पतालहरुमा हालसम्म पनि यस्ता स्यानीटरी प्याड्सको मुल्य कि त चर्काे हुने, कि त त्यस्ता सामाग्री नै नपाइने अवस्था पनि रहेको छ ।

सिएनएनकाअनुसार इथोपियाको करिब ७५ प्रतिशत बराबर किशोरी तथा महिला हालसम्म पनि आवश्यक महिला सामाग्रीको उपयोगबाट वञ्चित रहेका छन् । अहिले पनि त्यहाँका महिलाले आफ्नो महिनावारी रगत छोप्नको निमित्त सुकेको घाँसको प्रयोग गर्नुपर्ने दर्दनाक अवस्था रहेको छ ।

प्रत्येक १० मध्ये १ किशोरी महिनावारीको समयमा विद्यालय नजाने बताउँछन्् । यसैको निम्ति पनि मिब्रथुले उनीहरुलाई मद्दत गर्ने उद्देश्यले धोएर पुनः प्रयोग गर्न मिल्ने प्याडको निर्माण गरेकी हुन् ।

आफ्नो छोरीको नामबाट नामाकरण गरिएको उनको म्यारियम प्रोडक्स कम्पनीबाट उनले प्रतिवर्ष करिब ७ लाख ५० हजार प्याडको निर्माण गर्दै आएकी छिन् । उत्पादित प्याडहरु पूर्ण रुपमा वाटर प्रुफ र पुनः प्रयोग गर्न सकिन्छ । यसरी उत्पादित गरिएको ८० प्रतिशत प्याड उनले गैर सरकारी संस्थाहरुलाई निःशुल्क रुपमा वितरण गर्ने गरिरहेकी छिन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ