२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमहिनावारीमा हुने उच्च रक्तश्राव शरीरको निम्ति कति खतरनाक ?

महिनावारीमा हुने उच्च रक्तश्राव शरीरको निम्ति कति खतरनाक ?


महिनावारी किशोरवस्थाबाट नै अधिकांश स्त्रीमा देखा पर्ने मासिक चक्र वा प्रक्रिया हो । प्राकृतिक देन स्वरुप स्त्रीले मात्रै पाएको यस अवस्थाको दौरानमा भने हार्माेनको गडबढिका कारण उनीहरुमा विभिन्न किसिमका शारीरिक एवम् मानसिक समस्याहरु देखा पर्दछ ।

तर, महिलामा देखिने यस्ता प्रत्येक शारीरिक तथा मानसिक समस्यालाई उनीहरुको शारीरिक बनावट तथा वशांणुगत गुणले पनि प्रभाव पार्ने भएकोले भने यस्ता समस्या प्रत्येक महिलामा फरक–फरक रुपमा देखा पर्छन। फरक–फरक शारीरिक स्थितीकै कारण उनीहरुमा रक्तश्राव पनि एकैनासले हुदैन । तर, कहिलेकाहीँ कतिपयमा नियमित तथा सामान्य रुपमा हुने भन्दा बढी रक्तश्राव पनि हुने गर्छ । यस्तो अवस्था उनीहरुको निम्ति कत्तिको उचित हो त? के महिनावारीको समयमा भएको उच्च रक्तश्रावले उनीहरु मृत्यु समेत हुने हुन्छ? आउनुहोस्, हामी आज यसबारे छलफल गरौ :

महिनावारीको समयमा उच्च रक्तश्राव हुने अवस्थालाई ‘मेनोरेजिया’ भनिन्छ । अन्र्तराष्ट्रिय ‘मेडिकल न्यूज टुडे’ नामक पत्रिकाले आफ्नो पत्रिकामा प्रकाशित गरेको एक अमेरीकी अध्ययन अनुसार, प्रत्येक वर्ष विश्वभरका १० करोड महिलाहरु उक्त समस्याबाट शिकार हुने गरेका छन् । शरीरमा रहेको हार्माेनको गडबढीका कारण महिनावारी चक्रले उत्पादन गर्ने अण्डामा कमी आउने भएकोले यस ‘मेनोरेजिया’ को समस्या देखा पर्ने जानकारी उक्त पत्रिकाले प्रस्ट पारेको थियो ।

मेनोरेजियाका कारण महिलामा सामान्य अवस्थाको महिनावारीको दौरानमा हुने रक्तश्रावको तुलनामा ठिक २ गुणा बढी रक्तश्राव हुन्छ । र, यसरी लगातार बढी रक्तश्राव हुने क्रम महिलामा ७ दिनभन्दा बढी पनि देखिने गर्छ । महिलामा यस्तो समस्या देखिनुको पनि थुप्रै कारण हुन सक्छन् । जसमध्येः वशांणुगत गुण, डिम्बाशयसम्बन्धिको रोग, पाठेघर सम्बन्धिको समस्या, क्यान्सर, गर्भपतन जस्ता आदि कारणहरु पर्दछन् । लगातार भएको उच्च रक्तश्रावले महिलाको दैनिकीमा मात्रै प्रभाव नपारी यसले उनीहरुमा एनेमिया जस्ता अन्य शारीरिक समस्याहरु समेत निम्त्याउने हुन्छ ।

मेनोरेजियाका कारण बिरामीको मृत्युको कत्ति रहन्छ त  ?

आम व्यक्तिमा महिनावारीमा हुने यस्तो उच्च रक्तश्रावले महिलालाई मृत्युको मुखमा समेत पु¥याउँछ, भन्ने गलत धारणा पनि रहेको पाइन्छ । सामान्यतयाः महिनावारीको समयमा कुनै पनि महिलाको शरीरबाट ३० देखि ४० मिली लिटर रगत खेर जान्छ । तर, मेनोरेजियाका कारण भने शरीरबाट ८० मिली लिटरसम्म रगत खेर जाने सम्भावना रहन्छ ।

यसै विषयमा आधारित रहेर हेल्थलाइनले दिएको जानकारी अनुसार भने, कुनै पनि महिलाकोे शरीरबाट २० प्रतिशत रगत खेर जानुपर्छ । र, यो महिलाको सामान्य अवस्था पनि हो । यस अर्थमा भन्नुपर्दा; शरीरको केही रक्तश्रावले महिलालाई मृत्युको मुखसम्म भने डो¥याउदैन । शरीरमा यसरी उच्च रक्तश्राव गराउनु पछाडि ‘हेमोरेजिक शक’ को मुख्य भुमिका रहेको हुन्छ । तर, कहिलेकाँही लगातार रक्तश्राव हुन गई महिलामा अचेत नै हुने अवस्थासम्म पनि देखा पर्न सक्छ । त्यस्तो अवस्थामा भने हामीले उच्च रक्तश्रावले मृत्युको मुखसम्म पु¥याउदैन भनेर यसलाई बेवास्ता गर्नु हुदैन ।

महिलामा यस्तो अवस्था देखा पर्नु पछाडि माथि उल्लेख गरे जस्तै विभिन्न शारीरिक रोगहरुको लक्षणहरु पनि हुन सक्छ । त्यसैले कुनै पनि महिलामा यस्तो समस्या लगातार रुपमा देखा परेको अवस्थामा भने यस सम्बन्धि सम्बन्धित चिकित्सकसंग एक पटक भेट्नु उचित रहन्छ ।

– मेडिकल डेलीबाट अनुवादित


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ