२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुग्यो


चीनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या बढेर १ सय ६ पुगेको छ। चिनियाँ अधिकारीले मंगलबार मात्रै १ हजार २ सय ९१ व्यक्ति संक्रमित पाइएको र कुल मिलाएर अहिलेसम्म ४ हजारभन्दा बढीमा कोरोना भाइरस देखिएकोमा ६० जनालाई डिस्चार्ज गरिएको बताएको छ।

चीनमा मात्र नभई उक्त भाइरस अहिले कयौं देशको नागरिकमा देखिएको छ। चीनबाहेक नेपाल, थाइल्यान्ड, जापान, अमेरिका, ताइवान, भियतनाम, सिंगापुर, मलेशिया, फ्रान्स, क्यानडा र अष्ट्रेलियामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको हो ।

अन्य देशमा पनि कोरोना देखिएपछि कोरोना भाइरसलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी’ घोषित गर्नुपर्ने माग बढेको छ। तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने तत्काल नै ‘पब्लिक हेल्थ इमर्जेन्सी’ घोषित गर्नु उचित नहुने जनाएको छ।

सिन्ह्वा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ