२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यवुहानमा रहेका पाकिस्तानी विद्यार्थीले स्वदेश फर्काउन सरकारसँग गरे अपिल

वुहानमा रहेका पाकिस्तानी विद्यार्थीले स्वदेश फर्काउन सरकारसँग गरे अपिल


कोराना भाइरसको कारण चीनको वुहान शहरमा फसेका पाकिस्तानी विद्यार्थीले आफ्नो सरकारलाई स्वदेश बोलाउन अपिल गरेका छन्। आइतबार एक भिडियो म्यासेजमार्फत उनीहरुले आफुसँग भएको खानेकुरा सकिन लागेको बताएका छन्। वुहान प्रौद्योगिकी विश्वविद्यालयका एक विद्यार्थीले पाकिस्तानी विद्यार्थी १५ दिन देखि आफ्नै कोठामा बन्द रहेको जानकारी दिए।

पाकिस्तानको फैसलाबाद घर भएका उक्त छात्रले आफ्नो नाम नखुलाउने शर्तमा उक्त जानकारी दिएका हुन्। उनलाई विश्व विद्यालयबाट निकाल्ने डरका कारण नाम खुलाउन नचाएका हुन्। छात्रले भने,’हामी कोठाभित्र थुनिन बाध्य छौ र हामीसँग भएको खाना सकिन लागेको छ।’ लगभग २ सय पाकिस्तानी विद्यार्थी वुहान विश्व विद्यालयमा अध्धयनरत रहेको उनले जानकारी दिए।

उनले अघि भने, ‘हामी चाहान्छौ कि अन्य देशजस्तै हामीलाई पनि सरकारले घर लिएर जाउँन।’वुहान विश्वविद्यालयका एक अन्य छात्र हाफसा तैयब भन्छन्, ‘ होला हामी मध्य कोहि एक संक्रमित भए भने के होला ? पाकिस्तानमा हाम्रो जीम्मेवारी कसले लिन्छ। उक्त भिडियोमा विद्यार्थीले अमेरिका,फ्रान्स र रूस आफ्नो विद्यार्थीलाई बोलाईरहेको र पाकिस्तानले पनि सोहि कदम उठाउनु पर्ने जनाए।

यद्दपी आइताबार राती एक ट्विटर पोस्टमा पाकिस्तानका प्रधानमन्त्रिका विशेष सहायक डाक्टर जफर मिर्जाले वुहानमा जान कसैलाई चिनियाँ अधिकारीहरुले अनुमति नदिएको जनाए।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ