२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनमा कोरोना भाइरसबाट १३२को मृत्यु, रोकिएन कोरोनाको आतंक

चीनमा कोरोना भाइरसबाट १३२को मृत्यु, रोकिएन कोरोनाको आतंक


नोवेल कोरोना (२०१९-nCoV) भाइरस चीनमा मात्र नभई अन्य देशमा पनि तिव्र रुपमा फैलिरहेको छ। चीनमा घातक कोरोना भाइरसको प्रभाव बढ्दै जाँदा थप २५ जनाको मृत्यु भएको पुष्टि भएको छ। चिनियाँ अधिकारीहरुले पछिल्लो जानकारी दिए अनुसार, मृत्यु हुनेको संख्या बढेर १ सय ३२ पुगेको छ। हालसम्म ५ हजार ९ सय ७४ व्यक्ति भाइरसबाट सङ्क्रमित छन्।

अबको १० दिनभित्र भाइरस संक्रमण चरम विन्दुमा पुग्ने र परिणाम स्वरूप मृत्यु हुनेको संख्या ज्यादा बढ्ने स्वास्थ्य विशेषज्ञले चेतावनी दिएका छन्। रूसले चीनसँग जोडिएको सिमा बन्द गरेको छ भने ब्रिटेन, जापान, अमेरिका लागायतका दर्जनौ देशले चीनबाट आफ्नो नागरिकलाई एयरलिफ्ट गर्न शुरु गरेका छन्। श्रीलंकाले आफ्नो २ सय ४ विद्यार्थीलाई बोलाउनुको साथै चिनियाँ नागरिकलाई एयरपोर्टमा भिषा दिने सुविधा बन्द गरेको छ। जर्मनीमा पनि कोरोना भाइरस ३ व्यक्तिमा देखिएको पुष्टी भएको छ।

चीन बाहेक १८ देशमा भाइरसको आतंक
श्रीलंकामा १, थाइल्याण्डमा १, हङकङमा ८, अमेरिकामा ५, ताईवानमा ५ , अष्ट्रेलियामा ५, मकाऊमा ५, सिंगापुरमा ४, जापानमा ४, दक्षिण कोरियामा ४, मलेशियामा ४, फ्रान्समा ३, क्यानडामा २, भेतनाममा २, नेपालमा १, कम्बोडियामा १ र जर्मनीमा १मा कोरोना भाइरसबाट संक्रमित छन्।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ