२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. कविता पाण्डेय सिन्हा : कोरोना भाइरसबाट गर्भवती र सुत्केरी महिलाले कसरी सावधानी अपनाउने ?

डा. कविता पाण्डेय सिन्हा : कोरोना भाइरसबाट गर्भवती र सुत्केरी महिलाले कसरी सावधानी अपनाउने ?


कोरोना भाइरस (कोभिड–१९) महामारी र ‘लकडाउन’को समय परिवार वा नातेदारमा कोही गर्भवती हुनुहुन्छ भने तपाईंहरूको चिन्ता दोब्बर हुनु स्वाभाविक हो । अझ बच्चा जन्मिने दिन नजिकिएको घडीमा कोरोना संक्रमणले केही बिगार गर्छ कि भन्ने त्रास हुने नै भयो ।

गर्भवती महिलालाई कोरोना संक्रमण देखिए हुर्किंदै गरेको बच्चालाई असर पर्छ कि पर्दैन भन्ने अहिलेसम्म पुष्टि भएको छैन । गर्भवती भएको बेला महिलाको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ. यस्तो बेला महामारीबाट जोगिन उनीहरूले आफ्नो स्वास्थ्य अवस्थाको बढी नै ख्याल राख्नुपर्छ ।

गर्भवती महिला र उनको परिवार भिडभाडमा नजाने तथा घरमा सबैले नियमित साबुन पानीले हात धुने गर्नुपर्छ । घरभित्र बसेर नियमित व्यायाम, योग र प्रशस्त झोल पदार्थ सेवनले प्रतिरोधात्मक शक्ति बढाउन मद्दत पुग्छ ।

सुत्केरी तथा गर्भावस्थामा कोरोना भाइरसको संक्रमण भएका आमाबाट जन्मिने शिशुलाई कोरोनाभाइरसको संक्रमण हुन्छ कि हुँदैन भन्ने प्रश्नले पनि धेरैलाई सताएको हुन सक्छ । यस्तै, आमालाई कोरोना भाइरसको संक्रमण हुँदा नवजात शिशुलाई स्तनपान गराउँदा बच्चामा पनि संक्रमण सर्छ कि सर्दैन भन्ने पनि धेरैको जिज्ञासा हुन सक्छ ।

के गर्भवतीहरु कोरोना भाइरस संक्रमणको उच्च जोखिममा हुन्छन् ?

गर्भवतीमा कोरोना भाइरस संक्रमणका असरहरु बुझ्न हाल वैज्ञानिकहरु अनुसन्धानमै छन् । सीमित तथ्यांकका कारण अहिलेको अवस्थामा उनीहरु आममानिसको तुलनामा उच्च जोखिममा हुन्छन् भन्ने कुनै ठोस प्रमाण छैन ।

तर पनि शारीरिक र रोग प्रतिरोधात्मक प्रणालीमा हुने परिवर्तनका कारण गर्भवतीहरु श्वासप्रश्वास सम्बन्धी जटिल संक्रमणबाट प्रभावित हुन सक्छन् । तसर्थ, कोरोना भाइरसबाट आफूलाई बचाउनउ नीहरुले सावधानी अपनाउन र सम्भावित लक्षणहरु (ज्वरो, खोकी, श्वास फेर्न गाह्रो भएमा) स्वास्थ्यकर्मीको सल्लाह लिन जरुरी हुन्छ ।

गर्भवतीहरु कोरोना भाइरसबाट कसरी बच्ने ?

कोरोनाको संक्रमणबाट जोगिन अन्य व्यक्तिले जस्तै गर्भवतीले पनि आवश्यक सावधानी अपनाउनुपर्छ

  • पटक–पटक साबुन पानी वा अल्कोहल मिश्रित हात धुने झोल प्रयोग गरेर बारम्बार हात धुने ।
  • आफू र अन्य व्यक्तिबीच दूरी कायम राख्ने ।
  • आफ्नो आँखा, नाक र मुख हातले नछुने ।
  • श्वासप्रश्वास सम्बन्धि सरसफाइमा ध्यान दिने ।
  • खोक्दा वा हाँच्छ्यु गर्दा आफ्नो नाक र मुखलाई कुइनो वा रुमालले छोप्ने । त्यसपछि प्रयोग भएको रुमालको उचित विसर्जन गर्ने ।
  • यदि ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त उपचार गर्नुपर्छ ।

स्वास्थ्य संस्था जानुअघि फोन गरेर सम्पर्क गर्नुपर्छ । त्यसपछि स्वास्थ्य संस्थाको सल्लाहअनुसार चेकजाँच गर्नुपर्छ । गर्भवती र भर्खरै सुत्केरी भएका आमाहरु तथा कोरोना भाइरस संक्रमण भएका आमाहरु नियमित जाँच गराउन स्वास्थ्य संस्थामा जानुपर्छ ।

के गर्भवतीले कोरोना भाइरसको जाँच गर्नुपर्छ ?

तपाई बसोबास गर्ने क्षेत्रको आधारमा कोरोनाभाइरस जाँच सम्बन्धि प्रोटोकल र योग्यता फरक पर्न सक्छ । तथापि विश्व स्वास्थ्य संगठनकाअनुसार कोरोनाको लक्षण देखा परेका गर्भवतीलाई जाँचका लागि प्राथमिकता दिनुपर्छ । गर्भवतीलाई कोरोना संक्रमण देखा परेमा उच्चस्तरीय स्याहार आवश्यक पर्न सक्छ ।

के कोरोना संक्रमित आमाबाट गर्भमा रहेको शिशु वा नवजात शिशुमा संक्रमण सर्न सक्छ ?

गर्भवती आमाबाट गर्भमा रहेको शिशुलाई कोरोना संक्रमण सर्न सक्दैन तर नवजात शिशु वा बच्चामा उच्च जोखिम हुन्छ । सावधानी अपनाउनुपर्छ ।

गर्भावस्था र प्रसुतिको समयमा के केस्ता स्याहार उपलब्ध हुनुपर्छ ?

गर्भवतीले झैं कोरोना संक्रमण पुष्टि भएका वा आशंका गरिएका आमालगायत अन्य सबै गभर्वतीले प्रसुति र त्यसपछिको समयमा गुणस्तरीय स्याहारको उपभोग गर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो । यसमा एन्टी–नेटल, जवजात शिशु, पोष्ट–नेटल र मानसिक स्वास्थ्य सम्बन्धी स्याहार पर्दछन् । एउटा सुरक्षित र सकारात्मक प्रसव अनुभवका लागि निम्न कुराहरु आवश्यक छन् ।

  • सम्मानपूर्ण र मर्यादित ढंगले उपचार र स्याहारको उपभोग गर्न पाउनुपर्छ ।
  • प्रसुतिको समयमा आफुले चाहेको साथीलाई आफ्नो साथ राख्न पाउनुपर्छ ।
  • बुझ्ने भाषामा प्रसुति कक्षका स्वास्थ्यकर्मीबाट परामर्श पाउनुपर्छ ।
  • दुखाइबाट छुटकाराका लागि उपयुक्त उपचार पाउनुपर्छ ।
  • सम्भव भए प्रसुतिको समयमा हिँडडुल गर्न पाउनु र आफूले रोजेको आसनमा प्रसुति गर्न पाउनुपर्छ ।

यदि कोरोना संक्रमणको आशंका गरिएको वा पुष्टि भएको खण्डमा स्वास्थ्यकर्मीहरुले आफ्नो तथा अन्य बिरामीहरुलाई हुन सक्ने संक्रमणको जोखिम न्युनीकरण गर्नका लागि उचित सावधानी अपनाउनु पर्छ । साथै सुरक्षाका सामग्रीहरुको उचित प्रयोग गर्नुपर्छ ।
कोरोना भाइरस संक्रमणको पुष्टि भएका वा आशंका गरिएका गर्भवतीलाई शिशु जन्माउन शल्यचिकित्सा आवश्यक छ ?
छैन । विश्व स्वास्थ्य संगठनका अनुसार चिकित्सकीय आवश्यकता भएको अवस्थामा मात्र शल्यचिकित्सा गर्नुपर्छ ।

कोभिड-१९ संक्रमित आमाले स्तनपान गराउन सक्छिन् ?

कोरोना संक्रमित आमाले चाहेको खण्डमा स्तनपान गराउन सक्छिन् । यसका लागि :

  • स्तनपान गराउँदा श्वासप्रश्वास सम्वन्धी सरसफाइको अभ्यास गर्ने, सम्भव भएसम्म मास्क लगाउनु पर्छ ।
  • शिशुलाई छुनुपूर्व र छोएपछि हात धुनुपर्छ ।
  • आफुले छोएका सामानहरु नियमित निर्मलीकरण गर्नुपर्छ ।

कोरोना भाइरसबाट संक्रमित भएमा आफ्नो शिशुलाई छुन वा काखमा बोक्न हुन्छ ?

हुन्छ । नजिकको संसर्ग र स्तनपान समयमै सुरु गर्नाले र पूर्ण रुपमा गर्नाले नवजात शिशुलाई स्वस्थ रुपमा हुर्कन मद्दत पुग्छ । निम्न अवस्थामा सहयोग हुनुपर्छ ।

  • श्वासप्रश्वास सम्बन्धि सरसफाइका कुराहरु अँगाल्दै सुरक्षित तरिकाले स्तनपान गराउन सकिन्छ ।
  • छालादेखि छालासम्मको संसर्गमा नवजात शिशुलाई राख्ने ।
  • नवजात शिशुसँग एउटै कोठामा बस्ने ।
  • नवजात शिशुलाई छुनुपूर्व छोइसकेपछि आफ्नो हात धुनुपर्छ । त्यसपछि सबै सामानहरुको सरसफाइ गर्नुपर्छ ।

कोरोना भाइरस संक्रमणको कारण सिधै स्तनपान गराउने अवस्थामा छैन भने के गर्ने ?

यदि कोरोना भाइरस वा अन्य जटिल रोगको कारण अशक्त भई स्तनपान गराउन नसकेको अवस्थामा सम्भव, सुलभ र स्वीकार्य हुने किसिमबाट शिशुलाई सुरक्षित तरिकाले आमाको दुध खुवाउन सहयोग पु¥याउनु पर्दछ । यसका लागि निम्न विधि अपनाउन सकिन्छ ।

  • आमाको स्तन निचोरेर दुध निकाल्ने ।
  • केही समय स्तनपान बन्द गरेर पुनः स्तनपान गराउने ।
  • शिशुलाई अरु कुनै स्वस्थ आमाको दुध खुवाउने ।

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ