२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड

यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड


थाइराइडलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ। यसको प्रारम्भिक लक्षणहरू देख्न सकिदैन जसकारण यो रोगलाई ‘साइलेन्ट किलर’को उपमा दिइएको हो । यो समस्या थाइराइड ग्रन्थीमा खस्कदै जाने हार्मोन असन्तुलनको कारणले हुने गर्छ ।

हामीले खाँदै आएको खानेकुराको मात्रा नमिल्दा पनि थाइराइडको जोखिम बढ्न सक्छ। थाइराइडको समस्याबाट बच्न यी खानेकुराको सेवन सिमित मात्रामा गर्नुपर्दछ।

काउली

पात र काउली र यसको पातमा प्रशस्त मात्रामा ‘गोइट्रोजन’ पाइन्छ । जसको अत्याधिक सेवनले थाइरोइड समस्या बढाउँदछ । जो मानिसलाई थाइराइडको समस्या छ ती व्यक्तिले काउली सकेसम्म खान हुँदैन।

भटमास

भटमासमा पनि ‘गोइट्रोजन’ धेरै मात्रामा पाइने हुँदा थाइरोइडका बिरामीले खान हुँदैन । अत्याधिक मात्रामा भटमासको सेवन गर्दा थाइराइडको समस्या बढ्ने गर्छ।

नुन

नुनको सेवन सिमित मात्रामा गर्नु पर्दछ। अत्याधिक मात्रामा नुन सेवन गर्दा थाइराइडको समस्या बढ्ने गर्छ। यदि थाइराइडको समस्या छ भने बिरे नुन सेवन गर्नु उपयुक्त हुन्छ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य, जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ