२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यराति ढिलासम्म नसुत्ने व्यक्तिमा मुटु रोगको जोखिम

राति ढिलासम्म नसुत्ने व्यक्तिमा मुटु रोगको जोखिम


राति उठिरहनु स्वास्थ्यको लागि हानिकारक छ। जो मानिसहरु रातभर जाग्ने गर्छन उनीहरुलाई मुटुको समस्याको जोखिम बढ्ने एक अध्ययनले देखाएको छ ।

राति अवेरसम्म बस्ने मानिसहरुमा मुटुको चाल पनि असामान्य हुने गर्छ ।

यसै विषयमा गरिएको एक अध्ययन जर्नल ‘यूरोपीयन हार्ट’ मा प्रकाशित भएको छ। अध्ययनका अनुसार रातभर उठ्नु मुटुको गतिसँग प्रत्यक्ष सम्बन्धित छ। उक्त अध्ययन बेलायतको बायोबैंकमा रहेका २ लाख ८३ हजार ६सय ५७ मानिसको डाटाबेसमा आधारित छ।

अध्ययनले के देखाउँछ भने जो मानिसहरु रातको समयलाई पनि आफ्नो दिनचर्याको एक भाग बनाउँछन र सोहि तरिकाले लामो समय बिताउँछन् भने उनीहरुमा असामान्य मुटुको दर को जोखिम बढ्छ। उक्त क्रियाकलापको अवधि जति लामोसम्म बढ्यो त्यति नै मुटु रोगको खतरा बढाउँछ। सो व्यक्तिहरुमा स्ट्रोक या हार्ट फेल हुने सम्भावना अत्याधिक हुने अध्ययनले देखाएको छ।

उक्त अध्ययन शंघाईको पीपुल्स अस्पताल र जियाओ टोंग यूनिभर्सिटी स्कूल अफ मेडिसिन सहित अन्य केहि सँस्थाहरुले प्रोफेसर यिंगली लुको नेतृत्वमा गरिएको थियो। लुका अनुसार राति उठ्ने र मुटुको समस्याबीच प्रत्यक्ष सम्बन्ध बारे पत्ता लागिसकेको छैन तर, प्राय राति ढिलासम्म बस्ने मानिसको हृदय सम्बन्धि समस्याहरु भने बढेको देखिन्छ।

अध्ययनको नतिजा हेर्दा यो पत्ता लाग्यो कि राती जाग्ने मानिसहरु सामान्यतया राती सुत्ने मानिसहरु भन्दा १२ प्रतिशत बढी मुटुको जोखिममा रहेको सो अध्ययनको नतिजाले देखाएको छ। त्यति मात्र नभई लगातार १० देखि १२वर्षसम्म रातको लामो अवधिसम्म नसुत्ने मानिसमा मुटु रोगको खतरा १८ प्रतिशतसम्म बढ्ने गर्छ।

एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ