२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ हृदयघात ? लक्षण र बच्ने उपाय के-के हुन् ?

किन हुन्छ हृदयघात ? लक्षण र बच्ने उपाय के-के हुन् ?


मुटुरोग रोकथाम र नियन्त्रण गर्न सकिने भएतापनि यो विश्वव्यापी रुपमा पुरुष तथा महिला दुबैको मृत्युको प्रमुख कारक हो । हरेक देशको स्वास्थ्य सेवाका सुविधाहरू, जनताको जीवनशैली र देशको आर्थिकस्तर फरक-फरक हुने हुँदा मृत्युको कारक पनि फरक-फरक हुने गर्छ ।

संसारभरि नै मुटुरोग सबैभन्दा ठूलो ज्यानमारा रोग रहेको छ । मुटुरोग पछि मस्तिष्क घात, श्वास–प्रश्वासको स्रक्रमण, झाडा पखाला, एच.आई.भी. एड्स, सवारी साधन दुर्घटना र समय अगावै जन्मिनु अन्य मृत्युका कारणहरू हुन् । संसारको ६.४ विलियन जनसंख्या मधये हरेक वर्ष करिब ५६ मिलियन जनसंख्या मर्दछ ।

हृदयाघात एक जटिल किसिमको आकस्मिक अवस्था हो जसमा मुटुका रक्तनली अर्थात् धमनीहरू र मुटु मै सामान्यत रगत जम्ने कारण रक्त सञ्चार बन्द भई सृजना हुने गर्दछ । मुटुमा आवश्यक रगतको आपूर्ति बन्द हुँदा मुटुका रक्त कोषिकाहरूको क्षति हुने वा तिनीहरू मर्ने कारण मानिसको अचानक मृत्यु हुने जोखिम आइपर्न सक्छ । हृदयाघातका लक्षणहरूमा छाति दुख्ने, छाति गहुँगो हुने र दुखाई सर्दै छातिबाट सर्दै गएर बङ्गारा, गर्दन, पाखुरा र पिठ्ँयूतिर जाने, स्वास्वा हुने, कमजोरी अथवा रिङ्गटा लागेको महसुस हुने र अत्यधिक मात्रामा बेचैनी हुने आदि पर्दछन् ।

हृदयाघात भएको बखत त्यसका लक्षणहरू करिब ३० मिनेट वा बढी समयसम्मका लागि रहनसक्छ । हृदयाघात हुने बेलामा देखिने लक्षणहरु :-

  • सामान्यतया छातीमा असजिलो हुने,
  • रक्तचाप बढ्ने, पुरा छाती गरुङ्गो भएको महसूस हुने,
  • छाती दुख्ने,
  • पाखुरा वा छातीको करङ्गको तल्लो भाग दुख्ने अथवा दुखाई सर्दै गएर पिठ्यूँ, बँगरा, गर्दन अथवा हाततिर वा समग्रमा सबैतिर दुख्ने,
  • अपच हुने,
  • श्वास फेर्न गा¥हो भएको महसूस हुने,
  • चिटचिट पसिना आउने,
  • वाकवाकी लाग्ने,
  • बान्ता हुने,
  • झुम्म लागेजस्तो हुने,
  • कमजोरी हुने,
  • वेचैनी हुने,
  • र, स्वा-स्वा बढ्ने र मुटुको धड्कन छिटोछिटो बढ्ने वा अनियमित हुने जस्ता लक्षणहरू देखा पर्छन् ।

वस्तवमा यदि कसैलाई दोस्रो पटक हृदयाघात भएको छ भने पहिलो हृदयाघातका जस्तै लक्षणहरू देखा नपर्न सक्छन् । केही मानिसहरूमा कुनै पनि लक्षण नै नदेखिन पनि सक्छ । यसलाई सुशुप्त हृदयाघात भनिन्छ । हृदयाघातको उपचार यसको प्रकृति र गम्भीरतामा निर्भर रहन्छ । हृदयाघातका प्रचलित उपचारहरूमा रगत पातलो पार्ने अर्थात् जमेको रगतलाई पगाल्ने औषधीको प्रयोग (जसलाई थ्रम्बोलाइसिस भनिन्छ), कारडियाक इन्टरभेन्सन् अर्थात् कोरोनरी एन्जियोप्लाष्टि र मुटुको शल्यक्रिया जस्ता प्रक्रियाहरू पर्छन् ।

एन्जियोग्राफी पश्चात् मुटुको ओपन हार्ट सर्जरी जस्ता प्रक्रिया पनि अपनाइन्छन् । यी प्रक्रियाहरूमध्ये मुटुका धमनीहरूमा रोकावटका कारण रक्त प्रवाह बन्द भई हुने हृदयाघातको उपचारमा सबैभन्दा प्रचलित प्रक्रिया एन्जियोप्लाष्टि नै हो । उपचारको मुख्य उद्देश्य भन्नु नै बिरामीलाई अकस्मात मृत्युबाट बचाउनु र भविष्यमा आइपर्न सक्ने मुटुरोग सम्बन्धी कुनै पनि जोखिमबाट बचाउनु हो । यो प्रक्रिया अपनाउँदा तिघ्राको कापमा वा दाहिने अथवा देब्रे हातमा एउटा सानो प्वाल पारिन्छ । बिरामीको पीडा वा दुखाई क मगर्न प्वाल पारिने स्थानमा लठ्याउने औषधी दिइन्छ ।
क्याथेटर भनिने एउटा सानो ट्युब बिरामीको मुटुको धमनीसम्म पठाइन्छ । मुटुको एक्स–रे लिंदै त्यो क्याथेटरलाई बन्द भएको वा साँधुरिएको धमनीसम्म पु¥याइन्छ । बन्द भएको धमनीको भाग पत्त लगाइसकेपछ क्याथेटरको टुप्पोमा रहेको बेलुनलाई फुलाइन्छ र बन्द भएको वा साँघुरिएको धमनीलाई खोलिन्छ । यसरी बन्द भएको भाग खोलेपछि मुटुमा रक्त प्रवाह पुनः स्थापित गराइन्छ । धमनीको बन्द भएको वा साँधुरिएको भाग पुनः बन्द नहोस् भन्नका लागि त्यहाँ एउटा स्टेन्ट जडान अर्थात् प्रत्यारोपण गरिन्छ ।

स्टेन्ट हालसम्म जम्मा तीन किसिमका छन् । ती हुन्….

. औषधीरहित धातुको स्टेन्ट –जुन सबैभन्दा सस्तो हुन्छ) ।

२. स्टेन्टमा औषधी लेपन गरिएको स्टेन्ट जुन केही महँगो हन्छ ।

३. स्टेन्टमा अत्याधुनिक मांसपेशीमै विलय हुने स्टेन्ट पर्दछन् । तेस्रो किसिमको स्टेन्टले जडान गरिएको धमनीमा औषधीका माध्यमबाट यथेष्ट रक्त प्रवाह गराइसकेपछि र धमनीको चोट ठीक भइसकेपछि धमनीको त्यही भागमा विलय भएर जान्छ ।

अनुसन्धानकर्ताहरूले के विश्वास गरेका छन् भने यस्तो किसिमको स्टेन्ट धमनीमा जडान गरिसकेपछि त्यस स्थानको रोकावट वा अवरोध खोल्न धातुको स्टेन्ट राखिरहनु पर्दैन । रक्तनलीहरूमा धातुको स्टेन्ट जडान गरेर छोड्नु पर्ने अवस्थाबाट यस खाले स्टेन्टले बिरामीलाई राहत दिन सक्छ । रक्त नलीहरू आफ्नो पुरानै अवस्थामा फर्किने सम्भावना रहन्छ र भविष्यमा आइपर्न सक्ने त्यस खाले प्रक्रियाहरूबाट समेत बिरामीलाई जोगाउँदछ । स्टेन्ट जडान गरिसकेपछि क्याथेटलाई झिकिन्छ र सामान्यत यो प्रक्रिया पुरा हुन २० देखि ४५ मिनेटको समय लाग्दछ । तर कहिलेकाँही प्राविधिक रुपले जटिल अवस्थाको सृजना भई धेरै समय लाग्ने गर्दछ ।

९६ प्रतिशत भन्दा बढी एन्जियोप्लाष्टि प्रक्रियाहरू तत्कालै सफल हुन्छन् । रोकावट भएको धमनीबाट रक्त प्रवाह सुचारु भएपछि बिरामीले तत्कालै राहत पाउने, सामान्य अवस्थामा फर्कने र निजीको छाती दुखाई (एन्जाइना) कम हुने हुन्छ । तर जटिल प्रकृतिका धमनीका रोग भएका बिरामीहरू भने पूर्णतया ठीक नहुन पनि सक्छन् ता पनि तिनको रोगको लक्षण भने कम हुँदै जाने हुन्छ र तिनहरूलाई सक्रिय र सहज जीवन जीउन सजिलो पर्छ । मुटुको शल्यक्रिया गरेको अवस्थामा भन्दा एन्जियोप्लाष्टि गर्दाको अवस्थामा बिरामीहरू चाँडै निको हुन्छन् । धेरैजसो बिरामीहरू एन्जियोप्लाष्टि गरेको दिन घर फर्कन सक्छन् भने केही बिरामीहरू एन्जियोप्लाष्टि गरेको दोस्रो बिहान फर्कन्छन् ।

हाम्रो जस्तो गरिबीको रेखामुनि रहेको देशमा जहाँ मेडिकल इन्यूरेन्स लागु गरेको छैन, यहाँका जनताका लागि एन्जियोप्लाष्टि प्रक्रिया निकै नै महँगो सावित हुन्छ । त्यो एउटा हाम्रो लागि नकरात्मक पक्ष हो । अर्कोतर्फ जुन बिरामीमा धेरै धमनीहरू साँधुरिएका वा बन्द भएका हुन्छन् त्यसखाले समस्यामा पनि एन्जियोल्लाष्टि प्रक्रिया फलदायी नहुन सक्छ । त्यसरी नै खोलिएको धमनी एन्जिलोप्लाष्टि पछि पनि पुनः बन्द हुने वा साँधुरिने सम्भावना रहन्छ । त्यसपछि यहाँलाई धमनी पुनः साँधुरिएको भन्न सकिन्छ । यदि धमनी पुनः साँधुरिएको वा बन्द भएको खण्डमा बिरामीलाई पुनः छाती दुख्ने हुन्छ र फेरि हृदयाघात हुन पनि सक्छ । पुनः बन्द भएको धमनीलाई दोस्रो एन्जियोप्लाष्टि वा कहिलेकाँही मुटुको बाइपास शल्यक्रिया वा औषधि उपचारबाट कम गर्न सक्छ ।

यदि तपाई आफै बिरामी हुनुहुन्छ भने एन्जियोप्लाष्टि गरिसकेपछि पनि आफ्नो जीवनशैलीमा सुधार ल्याएर आहार–व्यवहारमा नियन्त्रण गरेर वा शारीरिक क्रियाकलाप बढाएर आफूलाई स्वस्थ र स्फूर्त राख्न वाञ्छिनिए हुन्छ । एन्जियोप्लाष्टि गरिसकेपछि पनि तपाईले नियमित रुपमा चिकित्सकको सम्र्पकमा रहने र सल्लाह अनुसार कोपिडग्रेल र एस्पीरिन जस्ता औषधिहरू चिकित्सकको अनुमति बिना छाड्नु हुँदैन ।

त्यसका साथसाथै तपाईंले धू्रमपान त्याग्ने, चिनीको रोग भए नियन्त्रणमा राख्ने, रक्तचाप भए नियमित परीक्षण गर्ने र आफ्नो शारीरिक तौल बढ्न नदिने गर्नुपर्छ साथै बासोयुक्त खाना र कोलेस्टेरोल बढ्ने खाना पूर्णतया बन्द गर्नुपर्छ । तपाईं मांसहारी हुनुहुन्छ भने रातो मासु नखाने, चिल्लो युक्त दुग्घ पदार्थ (चिज, घ्यू) नखाने र बजारमा पाइने तयारी खाना बन्द गर्नुपर्ने हुन्छ । त्यसको बढ्लामा दैनिक रुपमा ताजा साजसब्जी र फलफूलमा बृद्धि गर्ने र यदि तपाईं मद्यपान गर्नुहुन्छ भने हार्ड ड्रिंकको सट्टा निश्चित मात्रामा रेड वाइज जस्ता पेय पदार्थहरू लिने बानी बसाल्नु पर्छ ।

भविष्यमा आफूलाई तन्दुरुस्त राख्न आजैबाट तपाईंले नियमित रुपमा व्यायाम गर्ने बानी बसाल्दै व्यायामले आफूलाई पु¥याउने फाइदाबारे सचेत रहनु पर्छ । यादरहोस् शारीरिक व्यायामले तपाईको मुटुलाई रक्षा गर्नुसाथै शरीरको शक्ति सन्तुलन र मानसिक शान्तिका लागि सकारात्मक भूमिका खेल्छ । दैनिक हिंड्नु व्यायामको एक सजिलो उपाय हो । यदि तपाई ठूलाठूला भवनमा माथि चढ्दा लिफ्टको प्रयोग गर्नुहुन्छ भने त्यसलाई छोडेर भ¥याङ्गबाटै माथि चढ्ने, कतै जाँदा बस अथवा कारमा सफर गर्नुभन्दा हिंडेर जाने बानी गर्नु उपयुक्त हुन्छ ।

जस्तोसुकै भएतापनि यदि तपाईलाई हृदयाघात भएको शंका भएमा तपाईले तत्कालै हृदयरोग उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ । साथै, त्यस अवस्थामा एक ट्याब्लेट एस्पिरिन (३०० मि. ग्रा.) बिरामीलाई तत्कालै ख्वाइदिनु पर्छ । तत्कालै गरिएको उपचार बिरामीको मुटुमा धेरै हानी हुनुबाट जोगाउने एक उपयुक्त तरिका हुनसक्छ ।


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ