२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यदन्त रोग विशेषज्ञ डा. प्रतीक्षाको सल्लाह : दसैं तिहारमा दाँत तथा मुखलाई अझ बढी ध्यान दिनुपर्छ 

दन्त रोग विशेषज्ञ डा. प्रतीक्षाको सल्लाह : दसैं तिहारमा दाँत तथा मुखलाई अझ बढी ध्यान दिनुपर्छ 


स्वस्थ जीवनका लागि दाँतलाई स्वस्थ राख्न पनि जरुरी छ । हामीले आफ्नो शरीरको अन्य अङ्गजस्तै आफ्नो दाँतलाई पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ । दाँतको हेरचाह गर्नका लागि विशेषत: दैनिक दुई पटक दाँत माझ्ने, अड्किएका खानेकुरा निकाल्न फ्लस गर्ने र समय–समयमा दाँतको जाँच गराउनु पर्दछ ।

हामीले चाडपर्वको समयमा अझ दाँतको विशेष गरी ध्यान दिनुपर्दछ । नेपालीको महान् पर्व दसैँमा हामीले प्रायः खाने मासुका परिकार, पेय पदार्थ हुन्छ ।  ध्रुमपान बढी गर्छन् । जसले दाँत तथा मुखमा समस्या देखिने सम्भावना बढी हुन्छ ।

दसैँमा ३/४ दिनसम्मै मासुको विभिन्न आइटम अत्याधिक खाने गरिन्छ । मासु खाँदा पनि धेरै पकाएर नरम पारेर खाने गर्नुपर्दछ । कसैको हड्डी पनि खाने बानी हुन्छ । हड्डी र साह्रो मासु चाहिँ सकेसम्म खान हुँदैन । हड्डी खाँदा हड्डीले दाँत टुक्रिने, दाँतमा  अड्किने र गिजा तथा मुखको अरू भागमा घोचेर चोटसमेत लाग्ने गर्दछ । अस्पताल नै धाउन पर्ने केस पनि धेरै आउने गरेका पाइन्छ । त्यसैले सजग भएर मासु खानु बेस हुन्छ ।

मासुका परिकारका साथै यस समय मिठाइहरू बढी मात्रामा खाने गरिन्छ । मिठाइ खाएपछि तुरून्त कुल्ला गर्नुपर्ने हुन्छ । मिठाइ अड्किएर लामो समय बस्यो भने किरा लाग्ने समस्या हुन्छ । सकेसम्म यस्ता खाने कुरामा नियन्त्रण गर्नुपर्दछ ।

अर्को भनेको मासुको साथमा हामी आफ्नो घरमा र हाम्रो नातेदार भेटघाट गर्न जाँदा बढी मात्रामा पेय पदार्थ खाने गर्छौ । यो  खाँदा पनि होस् गर्नुपर्ने हुन्छ । त्यसमा भएको गुलियो पदार्थले पनि दाँतमा किरा लाग्न सक्ने सम्भावना हुन्छ । त्यसैले कोल्ड ड्रिंक्स सकेसम्म कम खाने र खाएपछि नियमित दाँत कुल्ला गर्नु उपयुक्त हुन्छ । यसले दाँतमा किरा लाग्न दिदैन् ।

यसबाहेक दसैंको अष्टमीदेखि घरमा पूजा हुने गर्छ । पूजाका कारण खाना खाने टाइम पनि ढिलो हुन्छ । जसले लामो समयसम्म भोको रहँदा ग्याष्ट्रिक नहुनेलाई पनि त्यसको समस्या देखिन थाल्छ । ढिला खाना त्यहीमाथि चाडपर्वमा चिल्लो खानेकुरा खाइन्छ, जसले पेटमा समस्या आउन सक्छ ।  ग्याष्ट्रिकले पेटमा मात्र नभएर मुखमा पनि समस्या ल्याउँछ । ग्याष्ट्रिक भैइसकेपछि अमिलो पानी मुखबाट आउने हुन्छ, जसले दाँतहरू खिइने, श्वास गन्हाउने र मुखमा अल्सरसमेत गराउने एक कारण मध्ये यो पनि एक हुन सक्छ । सकेसम्म हामीले चाडपर्वमा स्वास्थ्यको ख्याल राख्न सकेसम्म खाना समयमा खाने र चिल्लो कम खाने प्रयास गर्नुपर्छ ।

दैनिक कति पटक ब्रस गर्ने ? कस्तो मन्जन प्रयोग गर्ने ?

दिनको दुई पटक ब्रस गर्न आवश्यक हुन्छ । त्यसका लागि नरम ब्रसको प्रयोग गर्नुपर्ने हुन्छ । प्रायः मानिसको बिहान एक पटक मात्रै ब्रस गर्ने बानी हुन्छ । तर, हामीले दैनिक सकेसम्म दिनको दुई पटक ब्रस गर्नुपर्छ ।

बिहान र बेलुकी खानापछि नियमित ब्रस गर्नुपर्छ । दाँत माझ्दा तलमाथि, दायाँबायाँ गरी राम्रोसँग विस्तारै माझ्नुपर्छ ।  फ्लोराइडको मात्रा भएको मन्जन र नरम ब्रसको प्रयोग गर्नुपर्ने हुन्छ । दाँतको कुना–कुना जहाँ खानेकुरा अड्किएको ब्रसले भेट्न पाउँदैन, त्यसको लागि ‘डेन्टल फलस’को प्रयोग गर्नुपर्ने हुन्छ ।

दाँतमा खानेकुरा अड्किए के गर्ने ?

दाँतमा ग्याप धेरै भएर खानेकुरा धेरै नै अड्किने समस्या पनि हुने हुन्छ ।  त्यसका लागि हामीले इन्टर डेन्टल ब्रसको पनि प्रयोग गर्न सक्छौँ । अर्थो डेन्टल ब्रसले पनि दाँत सफा गर्न सकिन्छ । यदि तपाईंले दाँतमा ब्रेसेस लगाउनु भएको छ भने अर्थोडन्टिक ब्रसले दाँत सफा गर्न सकिन्छ । कुनै—कुनै ब्रसको पछाडि भागले पनि जिब्रो सफा गर्न सकिन्छ ।

पटक–पटक खाइसकेपछि साधारण पानीले कुल्ला गर्ने बानीले दन्त स्वास्थ्यलाई निकै मद्दत गर्छ । जसकारण अड्किएको खानेकुरा निक्लिने हुन्छ । खानेकुरा अड्किएपछि सिन्का, टुथपिकले निकाल्न प्रयास गर्ने गर्छौं । सकेसम्म सिन्का वा टुथपिकले निकाल्न हुँदैन् । यसले निकाल्दा दाँतमै अड्किने हुन्छ । जसले गिजामा जथाभावी कोट्याउँदा घाउ हुने हुन्छ । मासु अथवा अनेक खानेकुरा दाँतमा अड्किएमा डेन्टल फल्स भन्ने धागोको प्रयोग गर्नुपर्दछ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ