२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यवर्षा/बाढीपछि जनस्वास्थ्य समस्या र अपनाउनुपर्ने सावधानीहरू

वर्षा/बाढीपछि जनस्वास्थ्य समस्या र अपनाउनुपर्ने सावधानीहरू


तीन दिनदेखि देशव्यापी रुपमा अविरल रुपमा भिषण वर्षा आइरहेको छ । वर्षापछि बाढी र पहिरोजस्ता प्राकृतिक विपत्ति आउन सक्छन् ।

वर्षा र बाढीपछि विभिन्न प्रकारका जनस्वास्थ्यका समस्याहरु आउन सक्छन् । सामान्यतयाः वर्षा/बाढीपछि संक्रमणजन्य सरुवा रोगहरु झाडापखाला, टाइफाइड ज्वरो, डेंगु ज्वरो, मलेरिया, कोलेरा, हेपाटाइटिस ए, आँखा पाक्ने समस्या, हाइपोथरमिया, रुघा खोकी, चिसोको कारण श्वासप्रश्वास सम्बन्धि रोगहरु र छालाजन्य रोगहरु लाग्न सक्छन् ।

यसबाट बच्न निम्न उपाय तथा सावधानिहरु अपनाऔं

१. खानेपानी कम्तिमा भकभक उमालेर सेलाएपछि प्रशस्त पिउनुपर्छ ।

२. फोहोर कुरा छोएपछि वा कुनै पनि खाने कुरा खानु अघि र पछि सावुन पानीले राम्ररी हात धुनुपर्छ ।

३. बालबालिका, जेष्ठ नागरिक, दीर्घ रोगी, गर्भवती र सुत्केरी महिलाहरुमा रोग प्रतिरोधात्मक शक्ति तुलनात्मक रुपमा कमी हुने हुँदा यी समूहका मानिसहरुलाई बढी जोखिम हुन सक्ने भएकोले विशेष केयर गर्नुपर्छ ।

४. चिसोबाट वचाउन न्यानो कपडा लगाउने, तातो तातो प्रशस्त झोलिलो खानेकुरा खुवाउनु पर्छ ।

५. जंकफुडहरु खानु हुँदैन। स्वास्थ्य वद्र्धक खानेकुरा खानुपर्छ । भिटामिन सी जन्य खानेकुरा खानु फाइदाजनक हुनेछ ।

६. घर र वरिपरी सरसफाइ गर्नुपर्छ ।

७. लामखुट्टेको टोकाइ र सर्पको टोकाइबाट बच्न झुलको अनिवार्य प्रयोग गर्नुपर्छ ।

८. आफूलाई साविकभन्दा असामान्य महसुस भएमा नजिकैको स्वास्थ्य संस्थामा बेलैमा गएर सेवा प्रदायकसंग सम्पर्क गरी सल्लाह लिनुपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ