२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यखोकीभन्दा बढी यस चीजबाट फैलिन्छ क्षयरोग : अध्ययन

खोकीभन्दा बढी यस चीजबाट फैलिन्छ क्षयरोग : अध्ययन


विश्वमा कयौं मानिस क्षयरोगबाट पीडित छ। यो कोरोना भाइरस पछि संसारको सबैभन्दा ठूलो संक्रामक रोग हो। विश्व स्वास्थ्य संगठन अनुसार, सन् २०२० मा करिब १५ लाख मानिसहरु क्षयरोगको कारण आफ्नो ज्यान गुमाइसकेका छन् र यो संख्या पछिल्लो दशकमा पहिलो पटक वृद्धि देखिएको छ। यसै विषयलाई लिएर दक्षिण अफ्रिकी अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले क्षयरोग संक्रमणको प्रसारको पछाडि खोकीभन्दा श्वास लिनु जिम्मेवार रहेको देखाएको छ।

एक अंग्रेजी रिपोर्टको अनुसार मंगलबार अनलाइन वैज्ञानिक सम्मेलनमा क्षयरोग अनुसन्धानको सो निष्कर्ष जारी गरिएको थियो। क्षयरोगको करिब ९० प्रतिशत ब्याक्टेरिया संक्रमित व्यक्तिले गहिरो श्वास लिने क्रममा सानो ड्रोप्लेट्सको माध्यमबाट निक्लिने विज्ञहरुको अनुमान छ । यी ड्रोप्लेट्सलाई एरोसोल्स पनि भनिन्छ। यो खोज कोभिड महामारी मा एक महत्वपूर्ण अनुसन्धानसंग सम्बन्धित छ। जसमा यो भनिएको थियो कि,कोरोना भाइरस एरोसोलको माध्यमबाट, विशेष गरी बन्द ठाउँको भित्री स्थानमा छिटो फैलन्छ। क्षयरोग माइकोब्याक्टेरियम क्षयरोग भनिने ब्याक्टेरिया को माध्यमबाट फैलिन्छ। जसले फोक्सोमा आक्रमण गर्दछ।

डब्लुएचओका अनुसार सन् २०२० मा करिब ५८ लाख मानिसहरुमा क्षयरोग पुष्टि भएको थियो। तर, त्यससमय १० करोडको हाराहारीमा क्षयरोग देखिएको संगठनको आकलन छ। र, केही मानिसले अन्जानमा सो रोग अन्य मानिससम्म फैलाइरहेको हुनसक्छ। कोभिड जस्तै यसबाट पनि बच्न बन्द कोठामा बस्दा मास्क लगाउने झ्याल, ढोका खुला राख्न पर्ने यस खोजको सुझाब छ।

विज्ञहरुले टिभी प्रसार गर्ने अघिल्लो तरिकालाई खारेज भने गरेका छैनन्। पहिलाका अनुसन्धानहरुले के देखाउंछ भने टिभी ब्याक्टेरियाबाट बढी फैलिन्छ। अध्ययनको नतिजा प्रस्तुत गर्ने रयान डिनकेले भने,’अधिकतम टिभी प्रसार संक्रमित मानिस खोक्दा हुन्छ। किनभने यस समयमा संक्रमित थोपा हावामा फैलिन्छ र एकपटक श्वास फेर्नु एकपटक खोकीको तुलनामा कम निस्किन्छ। एक मानिस दिनमा खोकी भन्दा कमसेकम ४ गुणाभन्दा बढी श्वास फेर्ने गर्छन। कुनै बन्द कोठामा संक्रमित व्यक्ति खोक्दा भन्दा श्वास लिंदा बढी संक्रमण फैलिन सक्छ।

ब्राउन विश्वविद्यालयमा क्षयरोग बारे अध्ययन गर्ने डा. सिल्भिया एस चियांगका अनुसार कोभिडका बिरामी जस्तै क्षयरोगबाट संक्रमित पनि बढी ब्याक्टेरिया छोड्न सक्छन् र, त्यो धेरै संक्रामक हुन सक्छन्। केहि मानिसबाट कम ब्याक्टेरिया निक्लिन सक्छ जसले कम मानिसलाई संक्रमित पार्न सक्छन। विशेषज्ञहरुका अनुसार एरोल्ससँगै ९० प्रतिशत ब्याक्टेरिया निक्लिन्छ। तर, यसको मतलब यो हैन कि ९० प्रतिशत केस यसै तरिकाबाट विकसित भएका छन्।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ