२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यश्वास–प्रश्वास सम्बन्धि समस्याले दीर्घरोग निम्त्याउँछ

श्वास–प्रश्वास सम्बन्धि समस्याले दीर्घरोग निम्त्याउँछ


आज विश्व सिओपीडी डे (COPD – Chronic obstructive pulmonary disease) संसारभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैंछ । सिओपीडी प्रमुख जनस्वास्थ्य समस्या हो । विश्वव्यापी रूपमा दीर्घकालीन रोग मृत्युदरको प्रमुख कारणहरूमध्ये एक हो ।

सिओपिडी–क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज खास गरी लामो समयसम्म धुम्रपान गर्ने मानिसमा बढी देखिने गर्छ । नेपालको परिवेशमा भने भान्सामा दाउँरा बाल्ने चुल्होबाट निस्कने धुँवामा लामो समयसम्म बस्नेहरूलाई खासगरी महिलाहरूलाई यो रोगले बढी सताउने गरेको छ ।

सिओपीडी भएका बिरामीहरूमा खोकी लाग्ने, दम बढ्ने, खकार निस्कने, घ्यारघ्यार हुने, शरीर कमजोर हुने, खान मन नलाग्ने, जिउ दुख्ने र अक्सिजनको मात्रा कम भई छालाको रंग निलो हुनेलगायतका मुख्य लक्षण र चिन्ह देखिन्छ । लामो समयदेखि सिओपीडी भएका बिरामीहरूमा सिओपीडीको कारणले मुटुमा समेत असर पार्न सक्छ जसलाई चिकित्साको भाषामा ‘कर–पल्मोनेल’ भनिन्छ ।

श्वासनली साँघुरो भएर श्वास फेर्न गाह्रो बनाउने यो रोग उमेरसँगै बढ्दै जान्छ । यसको मुख्य कारण धुम्रपान हो । चुरोट, बिंडी पिउने, धुवाँधुलोमा काम गर्ने मानिसलाई सिओपीडीकोे खतरा बढी हुन्छ । सीओपीडी भएपछि खोकी लाग्ने तथा सामान्य श्रम गर्दा पनि गाह्रो हुन्छ ।

धुुलो, धुँवा प्रदुषणका कारण मानिसमा देखिने यस्ता समस्याले हाम्रो श्वासनलीमा मात्र नभएर फोक्सोलाई समेत दीर्घकालीन असर पु¥याउँछ । लामो समयसम्म पनि रोग निको नभएमा त्यसले क्यान्सरजस्ता दीर्घकालीन रोग निम्तिने खतरा रहन्छ ।

मौसमको परिवर्तनसँगै यी रोगका सुक्ष्म किटाणु वायुमण्डलमा सक्रिय भएर बस्ने गर्छन् । हामीले श्वास फेर्नासाथ यी किटाणु हाम्रो शरीरमा पस्छन् । यसले श्वासनलीमा मात्र नभएर फोक्सोलाई पनि हानी गर्दछ । जुन एक्स–रेमा समेत मुस्किलले देखिन्छ ।

सिओपीडीबाट बच्न धुम्रपान पटक्कै गर्नु हुँदैन् । भइसकेको अवस्थामा चिसोबाट जोगिनुपर्छ र चिसो मौसममा भाइरस तथा ब्याक्टेरियाहरूको संक्रमण भई रुघाखोकी लाग्ने र निमोनिया हुने समेत सम्भावना रहन्छ यसबाट पनि जोगिनुपर्छ । सिओपीडी भएका बिरामीहरूलाई रुघाखोकी, निमोनियालगायतका संक्रमण भएमा दम बढ्ने शरीरमा अक्सिजनको मात्रा कम हुने र विषाक्त कार्बनडाइअक्साइडको मात्रा बढी हुन गई जटिल अवस्था सिर्जना गराउँछ । यस्ता बिरामीलाई सघन उपचार कक्ष आईसीयुमा भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ ।

(हेल्थआवाजका लागि पदमराज भट्टले गरेको कुराकानीमा आधारित)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ