२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यखराब जीवनशैलीले पक्षघात, यसरी बचौं

खराब जीवनशैलीले पक्षघात, यसरी बचौं


पछिल्लो समयमा पक्षघात रोग बढ्दो समस्याको रुप बनेको छ। पक्षघात, एक जटिल शारीरिक अवस्था हो । मस्तिष्कको कुनै भागमा रक्तसंचार कमी भएमा पक्षघात हुने गर्छ । पक्षघातलाई स्ट्रोक पनि भनिन्छ  । यसको प्रमुख कारण भनेको अहिलेको हाम्रो जीवनशैली हो।  धेरै जनाहरु आरामदायी जीवनशैली विताउने जसले गर्दा  उच्चरक्त चाप, मधुमेह जस्ता रोगहरु बढी मात्रमा देखिएको छ।

अमेरिकामा प्रत्येक ४० सेकेण्डमा एक जना मानिसलाई ‘स्ट्रोक’ हुन्छ भने प्रत्येक ३.७० मिनेटमा ‘स्ट्रोक’का कारणले एक जना मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।

विशेषगरी अहिलेको समयमा हाम्रो खानपिन पनि समस्या देखिन्छ। हामीले सोचेको जस्तो खानपिन नहुने स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खानेकुराहरु दिनहुँ खाइरहेका हुन्छौं। अर्को, भनेको मद्यपान र धुम्रपान सेवन गर्ने बानीले पनि पक्षघातका केसहरु बढिरहेको देखिन्छ। सामान्यतया यो रोग उमेर बढ्दै जादा खानपिन र गलत जीवनशैलीका कारणले हुने गरेको पाइन्छ।

यो दुई किसिमको हुन्छ।

१. स्केमिक स्ट्रोक

  • दिमागमा हुने रक्तनलीहरुमा केही चीजहरु गएर बसेमा रक्तनलीमा बगिरहेको रगतलाई ब्लक गरिदिन्छ। जसले गर्दा रगत पास हुन पाउदैन र ब्रेनमा भएका तन्तुहरु ड्यामेज हुँदै गएपछि स्केमिक स्ट्रोक हुने गर्छ।

२. हेमोरगिक स्ट्रोक

  • उच्च रत्तचाप भएर रक्तनलीहरु फुट्ने गर्छ । जसलाई हेमोरगिक स्ट्रोक भनिन्छ।

लक्षणहरु

  • उच्च रक्तचाप हुनेलाई टाउँको दुख्ने समस्या,
  • दैनिक रक्तचाप चेक गरिरहँदा रक्तचाप उच्च भएमा,
  •  मुख बाँगीने
  • चक्कर आउने,
  •  आँखा धमिलो हुने,
  • दिमागको सन्तुलन विग्रनु।

 पक्षघात भएको ६ घण्टाभित्र उपचार गर्न सकेमा यसबाट बच्न सकिन्छ।

यसको नियन्त्रण कसरी गर्ने ?

  • दैनिक खानेकुराको तालिकामा सुधार गर्ने,
  • मादकपदार्थबाट टाढै रहने,
  • शारीरिक व्यायाम गर्ने,
  • स्वस्थ आहार सेवन गर्ने,
  • तनाव सकेसम्म नलिने,

पक्षघात पछिको उपचार कसरी गर्ने ?

पक्षघात भएको ६ घण्टाभित्र उपचार गर्न सकेमा यसबाट बच्न सकिन्छ। पक्षघात भैसेको पनि न्यूरोसर्जन र फीजिसियनको सरसल्लाहमा उपचार गर्नुपर्ने हुन्छ। पक्षघातको ठुलो क्षति भनेको प्यारालाइसिस हो। त्यसलाई नियन्त्रण गर्नका लागि फिजियोथेरापी पुन:स्थापनाले ठुलो भूमिका खेल्छ। सुरुको ३ महिना राम्रोसँग फिजियोथेरापी पुन:स्थापना गर्न सकियो भने पक्षघात पछि देखिएको प्यारालाइसिसलाई धेरै नै न्यूनीकरण गर्न सकिन्छ। प्यारालाइसिस भएका बिरामीको लागि औषधीय उपचारसँगै फिजियोथेरापी पनि गर्नुपर्ने हुन्छ। रक्तनली सुकेको छ भने फुलाउने काम गर्नुपर्दछ । अथवा, रक्तनली फुटेको छ भने सर्जरी गरेर उपचार गर्न सकिन्छ ।

यदि औषधीले मात्रै भएन भने न्यूरोसर्जनलाई भेटेर सर्जरी मार्फत पक्षघातलाई ठिक गर्न सकिन्छ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ