२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके हो आन्द्रा बिगार्ने क्रोन्स डिजिज, कसरी थाहा पाउन सकिन्छ ?

के हो आन्द्रा बिगार्ने क्रोन्स डिजिज, कसरी थाहा पाउन सकिन्छ ?


क्रोन्स रोगलाई इन्फ्लामेटरी बवेल डिजिज भित्र राखिन्छ । यो विशेषतयाः युवा उमेरकालाई बढी लाग्छ । यो रोग लागेमा छिटो–छिटो दिसा लाग्ने, बारम्बार पेट दुख्ने, आन्द्रा नै ब्लक भएको जसरी एकदमै दुख्ने हुन्छ । पेट फुलेर आउने, सानो आन्द्रा प्वाल पर्ने पनि हुनसक्छ । जसकारण पेटमा पीप जम्ने, असह्यै पीडा हुने लक्षण हरु देखिन्छन्।

यो रोग काे सही निदान गर्न गाह्रो छ । धेरै जस्तो पातलो दिसा आउने भएकोले बिरामीहरु डायरिया ठिक हुने औषधी खाने प्रचलन छ । यो रोग लागेकालाई केही हदसम्म एन्टीबायोटिकले पनि ठिक गर्ने हुन्छ । जसकारण बिरामीले केही समयका लागि ठिक भएको महसुस गर्छन् । तर, यो ठिक हुँदैन् । विस्तारै भित्रभित्रै आन्द्रालाई खाइरहेको हुन्छ । दिसा लागि रहने र जति खायो त्यति पेट दुख्ने हुन थाल्छ । अनि बिरामीले खान खान छोड्छन् । र, बिरामी दुब्लाउँदै जान्छन् ।

अहिले वर्षमा क्रोन्सका ५—६ वटा केस देखिन्छ, जुन संख्या धेरै हो । किनभने, आज भन्दा ४-५ वर्ष पहिले सम्म पनि मुस्किलले वर्ष मा १/२ वटा केस देखिन्थ्यो । यो रोग डाक्टरहरुलाई पहिचान गर्न पनि गाह्रो हुन्छ । यस्ता रोगको निदान बायोस्पीबाट हुन्छ । त्यसको लागि पेटभित्रै पाइप हालेर मासुको टुक्रा निकालेर जाँच गर्दा मात्रै पहिचान हुन्छ ।

तर, कहिलेकाहीँ बायोस्पी गर्दा पनि यो रोगको पहिचान गर्न सकिदैन् । यो रोग हैन कि भन्ने हुन्छ, तर रोग हुन्छ र बिगारिरहेको पनि हुन्छ । सानो आन्द्रामा क्रोन्स र क्षयरोग ( टीवी) छुट्याउन गाह्रो हुन्छ। केही बिरामी लाई टीवी काे औषधी दिइन्छ । त्यो औषधीले पनि ३० प्रतिशतलाई केही सुधार भएको हुन्छ । यसले गर्दा पनि पहिचानमा समस्या आउँछ ।

Crohn’s रोग लागेका बिरामी लाई स्टोरियोडको औषधी लामो समय दिनुपर्ने हुन्छ । केहि गरी स्टेरोइड र अरू खाने औषधिले बिसेक भएन भने बायोलोजिकल औषधीहरुकाे सुई लगाउनुपर्ने हुन्छ । तर, सो औषधीहरुकाे उचित व्यवस्था नेपालमा छैन । भारतबाट अथवा विदेशबाट ल्याउनुपर्ने हुन्छ। त्यस्ता औषधीहरु अहिले नेपालमा दर्ता नभएकाले ल्याउन झन्झटिलो छ । नियमित लगाउनु पर्नेलाई दिइरहन सकिदैन् । पछि बिरामीलाई जटिलता बढ्दै गएपछि सानो आन्द्रा काटेर फाल्नुपर्ने हुन्छ । बारम्बार अपरेसन गर्दा पनि शतप्रतिशत ठिक नहुन सक्छ ।

लक्षणहरु

  • पेट दुख्ने
  • पखाला लाग्ने
  • वजन घट्दैं जाने
  • जोर्नीहहरु दुख्ने
  • छालामा समस्या आउने
  • फिस्टुलाबाट पानी बगिरहने

यस रोगको  ठयाक्कै यही कारण हो भन्न गाह्रो छ । यो जेनेटिक पनि हुन्छ र केही विशेष किसिमका जिन भएकालाई यसले बढी असर गर्छ। यो रोग बदलिदो जीवनशैली, आन्द्रामा भएको ब्याक्टेरियाको कारणले पनि लाग्छ सक्छ कि भन्ने अनुमान गरिएको छ र यस सम्बन्धी अध्ययन-अनुसन्धान हरु विश्वव्यापी रूपमा भैरहेका छन्।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ