२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्ट : जाडोमा किन मर्निङवाक गर्नु हुँदैन ? यस्ता छन् कारण

भिडियो रिपोर्ट : जाडोमा किन मर्निङवाक गर्नु हुँदैन ? यस्ता छन् कारण


शारीरिक व्यायाम स्वास्थ्यका लागि आवश्यक छ । मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यलाई फिट राख्नु आवश्यक छ । शारीरिक व्यायामको लागि विहानको समय उपयुक्त पनि हो । शहरी क्षेत्रमा जुन प्रदुषण बढ्छ, असाध्यै नकारात्मक असर पार्ने भएकाले विहान बाहिर गएर व्यायाम गर्नु उचित हुँदैन् ।

किनभने, काठमाडौंजस्तो उपत्यकाका बढी प्रदुषण हुन्छ किनभने यहाँ औधोगिक क्षेत्र, कलकारखना, मोटरहरु धेरै छन् । त्यो प्रदुषणले स्वास्थ्यमा झन धेरै नकारात्मक असर पार्छ । व्यायाम गरेर स्वास्थ्यलाई राम्रो बनाउन खोज्दा झन नराम्रो हुने परिस्थिती सिर्जना हुन दिनुभएन । त्यसकारण जाडो मौसममा घरभित्रै बसेर पनि व्यायाम गर्न राम्रो हुन्छ । विशेषगरी प्रदुषण बढिरहेको अवस्थामा बाहिर व्यायाम नगरेकै राम्रो हुन्छ ।

जाडोयाममा विहान तापक्रम एकदमै कम हुन्छ । कुनै पनि ग्याँस वा कणहरुको गुण जति तापक्रम कम भयो, त्यति थिग्रेर त्यो तल आउँछ । तापक्रम बढी हुँदै गएपछि माथि आकाशतिर जान्छ । त्यसकारण अहिले विहानको समयमा प्रदुषणको लेभल बढी छ, किनभने ग्याँस र कणहरु तल—तल थिग्रेर बस्छन् ।

घाम लागेपछि सुर्यको किरण ती कणहरु तातेपछि प्रदुषण घट्दै जान्छ । अर्को, दिउँसो हावा पनि चल्छ । हावाले प्रदुषणहरु उडाएर लैजान्छ । विशेषगरी वृद्धवृद्धाहरुका दिउँसोको समय वा आकाश खुलेपछि बाहिर निस्कुन नै राम्रो हो । समयले प्रदुषणको स्तरलाई फरक पार्ने भएकाले विहान बाहिर ननिस्कनुस् वा बाहिर व्यायाम नगर्नुहोस् भनिएको हो ।

भिडियो रिपोर्ट




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ