२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमृगौला खराब बनाउन सक्ने हाम्रा यी १० बानी

मृगौला खराब बनाउन सक्ने हाम्रा यी १० बानी


जानेर वा नजानेर हुने हाम्रा केही बानीले पनि मृगौलालाई असर गरिरहेको हुन सक्छ। प्रायः मानिसको स्वास्थ्यको चासो रहेको मृगौलामा असर हुनुमा मानिसको लापरवाही पनि मुख्य जिम्मेवार छन । जुन यस प्रकारका छन् ।

१. अत्याधिक नुन सेवन गर्ने बानी

खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ।

२. पिसाब  रोकी राख्ने बानी

पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।

३.  पानी कम पिउने बानी 

पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

४. धुम्रपान गर्ने बानी 

चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

५. चिसो पेय बढी पिउँदा 

जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंक्स  वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

६.  अत्याधिक खाने बानी 

सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।

७. चिनीको मात्रा धेरै भएको खानेकुरा खानु

चिनीले मोटोपनामा योगदान पुर्‍याउँछ जसले तपाईलाई उच्च रक्तचाप र मधुमेह हुने जोखिम बढाउँछ। मृगौला रोगको दुई प्रमुख कारण। मिठाई अत्याधिक खाने र अर्को चिनी प्रायः खाना र पेयहरूमा थपिन्छ। सेतो रोटीबाट बच्नुहोस् जुन प्रशोधित चिनीका डरलाग्दो स्रोतहरू हुन्। आफ्नो आहारमा थपिएको चिनीबाट बच्न प्याकेज गरिएका सामानहरू खरिद गर्दा सामग्रीहरूमा ध्यान दिनुहोस्।

८. ननभेज बढी खाने बानी 

ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।

९. राति ढिलासम्म नसुत्ने बानी 

दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

१०. पेनकिलरको अत्यधिक प्रयोग

ननस्टेरोइडल एन्टी-इन्फ्लामेटरी ड्रग्स) र एनाल्जेसिक जस्ता काउन्टर दुखाइका औषधीहरूले तपाईको दुखाइ र पीडा कम गर्न सक्छन्, तर तिनीहरूले मृगौलालाई हानि पुऱ्याउन सक्छन्, विशेषगरी यदि तपाईं पहिलेबाट नै मृगौला रोगबाट पिडित हुनहुन्छ भने ।यो औषधीको आफ्नो नियमित प्रयोग घटाउनुहोस् ।

एजेन्सी 


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ