२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजोर्नी दुख्नु पनि ब्लड क्यान्सरको लक्षण हुनसक्छ

जोर्नी दुख्नु पनि ब्लड क्यान्सरको लक्षण हुनसक्छ


क्यान्सरलाई प्रायः ज्यान जोखिममा पार्ने रोग मानिन्छ। रोग सुरुमा पत्ता लागेन भने पत्ता लागेपछि त्यसलाई रोक्न चुनौतीपूर्ण हुन्छ । क्यान्सर भएपछी केही प्रारम्भिक लक्षणहरू देखिन थाल्छन्, यी लक्षणहरूलाई सधैं गम्भीर रूपमा लिनुपर्छ। तर, मानिसहरूले यसलाई गम्भीरतापूर्वक लिँदैनन् र यसबाट टाढा रहन्छन्, जुन पछि खतरनाक हुन्छ।

यदि ब्लड क्यान्सरको कुरा गर्ने हो भने यसको उमेर निश्चित हुँदैन, जुनसुकै उमेरमा पनि हुनसक्छ भनिन्छ । विशेषज्ञहरुका अनुसार ब्लड क्यान्सर भएमा कोषिकाहरुले मानिसको शरीरमा रगत बन्न दिदैंन । जसकारण मानिसको रगत कम हुन थाल्छ । ब्लड क्यान्सरका अन्य धेरै लक्षणहरू छन् जुन बेवास्ता गर्न गाह्रो हुन सक्छ।

यी हुन् ब्लड क्यान्सरका प्रकार

विज्ञहरुका अनुसार ब्लड क्यान्सर तीन प्रकारका हुन्छन् । यसमा ल्युकेमिया, लिम्फोमा र मल्टिपल माइलोमा समावेश छ। ब्लड क्यान्सर बालबालिकादेखि वयस्कसम्म हुन सक्छ। सामान्यतया यो रोग ३० वर्षपछि हुने सम्भावना बढी हुन्छ ।

यसबाहेक हड्डी र जोर्नीहरूमा लगातार दुख्ने, मुख, नाक वा शौच गर्दा रगत बग्ने, ज्वरो आउने, राति पसिना आउने र चक्कर लाग्ने, बारम्बार इन्फेक्सन हुनु र शरीरको तौल घट्नु, यी लक्षणहरू हृदयाघात नभएर ब्लड क्यान्सरका लक्षण हुन सक्छन्।  यस्ता लक्षण देखिए तुरुन्तै जाँच गराउनुपर्छ ।

यस बाहेक ब्लड क्यान्सरको शुरुवातमा बिरामीको मुख, घाँटी, छाला र फोक्सोमा धेरै किसिमका समस्या बारम्बार देखिन थालेमा ध्यान दिनुहोला । यसबाहेक हड्डी, मांसपेशीमा दुखाइ हुनु पनि ब्लड क्यान्सरको प्रारम्भिक लक्षण हो।

ब्लड क्यान्सर धेरै प्रकारका हुन्छन् भन्ने कुरा सबैलाई थाहाँ छ । क्यान्सरको उपचार सधैं यसको प्रकारमा निर्भर गर्दछ। क्यान्सरको उपचारमा केमोथेरापी, लक्षित थेरापी, रेडिएसन थेरापी, बायोलोजिकल थेरापी र स्टेम सेल ट्रान्सप्लान्ट थेरापी दिइन्छ।  यदि ब्लड क्यान्सर छ भने साधारण रगत परीक्षणबाट पनि पत्ता लगाउन सकिन्छ । यो क्यान्सर जाँच गर्न सामान्य रगतको तस्विर जाँच गरिए पनि यो परीक्षणमा ब्लड क्यान्सर पुष्टि भएमा शतप्रतिशत निको हुने बताइएको छ ।

-एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ