२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यहोलीमा छाला र कपालको सुरक्षा कसरी गर्ने ? के कुरामा ध्यान दिने ?

होलीमा छाला र कपालको सुरक्षा कसरी गर्ने ? के कुरामा ध्यान दिने ?


होली उत्साहको पर्व हो । तर, कहिलेकाहीँ गल्ती वा लापरवाहीका कारण रङको यो पर्वका कारण मानिसले केही समस्या भोग्नुपर्ने हुन्छ । होलीको अर्को नाम रङहरूको पर्व हो, जसमा मानिसहरू विभिन्न प्रकारका रङहरू एकअर्काको अनुहारमा लगाएर चाडपर्व मनाउने गरिन्छ । यो समयमा, सानो गल्तीले तपाई छालाको स्वास्थ्य र कपाललाई बिगार्न सक्छ ।

होली खेल्न धेरै रमाइलो हुन्छ । तर, जब छालादेखि कपालसम्म रङ र पानीले नोक्सान गर्छ, तब धेरै दुःख लाग्छ । तर, केही कुराको ख्याल राख्नुभयो भने होलीको मजा लिन सकिन्छ र छाला र कपाललाई पनि सुरक्षित राख्न सकिन्छ । मानिसहरूले बजारबाट बेच्ने जुनसुकै रङहरू किन्छन् । तर, तिनीहरूको ध्यान यो तथ्यमा जाँदैन कि यी रंगहरू केमिकलयुक्त हुन सक्छन्, जसले तपाईंको छालामा गम्भीर असर पार्न सक्छ । रमाइलो गर्नको लागि अलिकति लापरवाहीले तपाईको छाला बिगार्छ । रसायनयुक्त रङले छालामा एलर्जी हुने, सुख्खापन, दाग, पोल्ने, चिलाउने, रातो दाग देखिने र आउने  हुने गर्छ ।

यस्तो अवस्थामा होलीको रङसँगै आफ्नो छालाको स्वास्थ्यलाई जोगाउन केही कुरामा ध्यान दिनुपर्छ । केमिकलयुक्त रङको प्रयोगले यसको केमिकल छालाको भित्री सतहमा पुगेर क्षति पु¥याउँछ । जसका कारण छालामा धेरै समस्या आउने गर्छ । जस्तैः–

छाला सुख्खा हुने, रासायनिक रङहरूसँग छालाको सम्पर्कमा आउदा पोल्ने, पिम्पल आउने र छाला दाग देखिने वा चिलाउने हुन सक्छ ।

आफ्नो अनुहारसँगै कपाललाई पनि विशेष हेरचाह दिनु जरूरी हुन्छ । त्यसकारण कपालमा सकेसम्म रङ लगाउनु हुँदैन् । यसले कपाललाई सुख्खा र निर्जीव बनाउँछ र कपाल झर्ने सम्भावना बढाउँछ । रङ लगाइहाल्न परेमा कपालमा तेलले मसाज गर्दा रङले भित्री सतहसम्म पुग्न पाउँदैन् । कपाल र अनुहारलाई जोगाउन होली खेल्नु अघि र पछि यी कुरामा ध्यान दिउ ।

होली खेल्नुअघिः

होली खेल्नु अघि, फेसियल वाक्सिङ वा थ्रेडिङ, लेजर उपचार वा अनुहारमा छाला पिलिङ जस्ता कुनै पनि उपचार नगर्नुहोस् ।

यदि तपाईंले हालै यी मध्ये कुनै पनि उपचार गर्नुभएको छ भने होलीको सुख्खा र भिजेको दुवै रङले छालालाई हानि पु¥याउँछ । रङ लगाउने बित्तिकै छालाको एलर्जी, दाग, रातोपन, सुख्खापनले एलर्जीलाई अझ खराब बनाउन सक्छ ।

होलीका दिन

  • होलीमा रङ लगाउँदा कति असर गर्छ भन्ने हुँदैन् । यो अनुहारको स्किनमा पनि भर पर्छ । तर, धेरै समयसम्म हाम्रो स्किनमा रङ भयो भने अनुहारलाई सुख्खा बनाउने, एलर्जी गराउन सक्ने, सेन्सेटिभ सकिनलाई झनै हानि गर्ने हुन्छ ।
  • होली खेल्ने योजना छ भने अनुहारलाई मजालै सफा गरेर बाक्लो मोइस्चराइजर लगाएर खेल्दा रङबाट गर्ने असरबाट केहि हद सम्म जोगिन सक्छ । तर, रङलाई धेरै समयसम्म राख्न हुँदैन् ।
  • होलीको रङलाई सफा गर्न डबल क्लिञ्जिङ, टोनर वा रोज वाटरको प्रयोग गरी सफा गरेर मोस्चोराइजर लगाउन सकिन्छ ।
  • आफ्नो शरीर जोगाउन, आफ्नो शरीरलाई घाम र पानीबाट छोप्ने शरीर ढाक्ने कपडा लगाउनुहोस् । साथै, शरीरमा राम्रोसँग तेल लगाउनुहोस् । यसका लागि नरिवल वा बदामको तेल राम्रो हुन्छ ।
  • घाममा रासायनिक रङ लगाएर होली खेल्दा छालामा जलन हुन्छ र छाला सुख्खा हुन्छ । यस्तो अवस्थामा सनस्क्रिन लोशन लगाएर मात्र बाहिर निस्कनुहोस् । ताकि सुरक्षात्मक तह तपाईको छालामा रहन्छ ।
  • होली खेल्नु अघि तेल–रहित मोइस्चराइजिङ क्रीम लगाउनु होस् ।
  • लीका रंगहरूले कपाललाई धेरै सुख्खा, निर्जीव र कमजोर बनाउँछ । त्यसैले होली खेल्नुअघि कपालमा तेलले राम्रोसँग मालिस गर्नुपर्छ । यसपछि कपाललाई बानेर चीजले ढाक्नुहोस् ।

    यसपछि, हात, खुट्टा र अनुहारमा सनस्क्रिन लगाउनु होस्, ताकि तपाईंको छाला सूर्यको किरणबाट सुरक्षित रहन्छ ।

होलीपछि

  • जब तपाईं होली खेल्नुहुन्छ, तुरुन्तै नुहाउन जानुहोस्, ताकि छाला र कपालको रंग सजिलै हट्ने गर्छ ।
  • नुहाएर मात्रै रङ निस्किरहेको छैन भने मनतातो जैतुनको तेलमा कागती मिसाएर छालामा लगाएर एक घण्टासम्म छोडिदिनुहोस् ।
    त्यसपछि फेरि नुहाउनुहोस्।
  • छालाको रंग हटाउन केरोसिन, पेट्रोल वा नेल पालिस रिमूभरजस्ता चीजहरू प्रयोग नगर्नुहोस् । साथै छालालाई जोडले रगड्नु हुँदैन् ।
  • यदि तपाईं को छाला संवेदनशील छ भने, क्लिन्जिङ मिल्क प्रयोग गर्नुहोस् ।
  • शरीरको लागि हल्का शरीर धुने र त्यसपछि नुहाई पछि मोस्चराइजर प्रयोग गर्नुहोस् ।
  • होलीको भोलिपल्ट मैनीक्योर र पेडीक्योर गराउनुहोस् ।
  • एकै समयमा, कपालको लागि हल्का स्याम्पु प्रयोग गर्नुहोस् र तातो पानीले कपाल न धुनुहोस् ।
  • यसपछि, कपाललाई तौलियाले हल्का सुकाउनुहोस् र सुख्खा हेयर मास्क लगाउनुहोस् ।
  • केही समयपछि चिसो पानीले कपाल धुनुहोस् र कपालमा सीरम लगाउनुहोस् ।

अन्तयमा, म सबैलाई होलीको शुभकामना दिन चाहान्छु। विगत दुई वर्षदेखि कोभिड-१९ महामारीका कारण चाड पर्व मनाउन पाएको थिएनौं। तर, हालै कोभिडको खोपले मानिसहरुले इम्युनिटी प्राप्त गरेका छन्। त्यसैले, यो वर्ष सबैमा एउटा उत्साह छ। म होली नखेल्न हुन्न भन्दा पनि खेल्दाआफु र आफ्नो परिवार, साथीभाइलाई पनि चोटपटक लाग्ने कुराहरु ध्यानमा राखेर सावधानीपुर्वक खेल्न सुझाव दिन्छु ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ