२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः महिलाका प्रमुख स्वास्थ्य समस्या के हुन् ? कसरी समाधान गर्ने ?

भिडियो रिपोर्टः महिलाका प्रमुख स्वास्थ्य समस्या के हुन् ? कसरी समाधान गर्ने ?


काठमाडौं—महिलाका विभिन्न स्वास्थ्य समस्याहरु देखिने गर्छन् । जसमध्ये पेट दुखाइ पनि एक हो । जसका कारण धेरै महिलाहरुले हैरानी ब्यवहोरिरहेका हुन्छन् ।

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. जागेश्वर गौतमकाअनुसार महिलामा हुने पेट दुखाइको समस्या भागमा बाँडेर हेर्नुपर्छ—एउटा गर्भवती महिला र अर्को गर्भवती नभएका महिलाहरु । गर्भवती नभएका महिलाहरुमा तल्लो पेट दुख्ने, इन्फेक्सन, इन्डोभियोटिस रोग र अन्य विभिन्न कारणले पनि पेट दुख्ने हुन्छ ।

यसबाहेक अर्को समस्या महिनावारी र अन्य बेलामा हुने उक्त रक्तस्राव पनि हो । त्यो मुख्य तीन कारणले हुन्छ, पहिलो पाठेघरसँग सम्बन्धित कारण, दोस्रो शरीरका अन्य रोगहरु र तेस्रो औषधिहरुको कारणले हुन्छ ।

महिलामा देखिने अर्को प्रमुख समस्या आङ खस्ने समस्या हो । मुख्यगरी पहाडी क्षेत्रहरुमा जहाँ महिलाहरुले धेरै बच्चाहरु जन्माउँछन्, त्यहाँका महिलाहरुमा सुत्केरीको बेलामा स्याहार पाउँदैनन् । त्यहाँ यो समस्या देखिने गर्छ ।

महिलाको देखिने प्रमुख स्वास्थ्य समस्या तिनको समाधानका उपायका विषयमा हेल्थआवाजले डा. गौतमसँग गरेको भिडियो कुराकानीः




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ