२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यरुघाले बन्द भएको नाक तुरुन्तै खोल्ने ३ घरेलु उपाय

रुघाले बन्द भएको नाक तुरुन्तै खोल्ने ३ घरेलु उपाय


बदलिँदो मौसममा धेरै सानातिना रोगले मानिसलाई आफ्नो सिकार बनाउँदै छन् । यस्तो अवस्थामा रुघाखोकीको समस्या सबैभन्दा बढी हुने गरेको छ । चिसोका कारण नाक बन्द हुँदा यो समस्या झन् बढ्छ । तर केही घरेलु उपाय अपनाएर यसबाट बच्न सकिन्छ ।

नाक बन्द बाट तुरुन्तै राहत पाउन अपनाउनुहोस् यी ३ घरेलु उपाय

१.नरिवलको तेल
नाक बन्द हुँदा केही थोपा नरिवलको तेल नाकमा हाल्नुहोस् । यसो गर्नाले तपाईँको नाक केही बेरमा खुल्छ । यसका साथै औँलाले नाकको भित्री भागमा पनि तेल लगाउन सक्नुहुन्छ।

२. बाफ लिने
बन्द नाकबाट छुटकारा पाउनको लागि सबैभन्दा सजिलो उपाय भाप हो। यसका लागि एउटा ठुलो भाँडोमा पानी तताएर त्यसमा दुई थोपा सञ्चो  हालेर बाफ लिनुहोस्। यसले तत्काल राहत दिनेछ।

३. कागती र मह
एक चम्चा कागतीको रसमा थोरै मह मिसाएर बिहान पिउनुहोस् । यसलाई दुई–तीन दिनसम्म लगातार पिउनाले नाक बन्द हुने समस्याबाट आराम मिल्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ