२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडो मौसममा सुन्निन्छन् हातखुट्टाको औँला ? अपनाउनुस् यी उपाय

जाडो मौसममा सुन्निन्छन् हातखुट्टाको औँला ? अपनाउनुस् यी उपाय


जाडो मौसममा धेरै किसिमका भाइरल रोग लाग्ने खतरा हुन्छ । रुघाखोकी लाग्नु र ज्वरो आउनु सामान्य हो, साथै यो मौसममा मानिसहरूले हातको औँलाहरू सुन्निने गरेको गुनासो गर्छन् । अत्याधिक चिसोले औँलाहरू कठ्याङ्ग्रिन सक्छ र काम गर्न नसकिने हुनसक्छ ।  त्यससँगै सुन्निनु पनि एक सामान्य समस्या हो ।

जाडो मौसममा औँला र खुट्टाको औँला किन सुन्निन्छ, यसको उपचार र बच्ने उपायहरू के के छन् जानौँ 

जाडोमा शरीर सुन्निने कारणहरू
चिसो मौसममा छालाको सतह नजिकै रहेका स–साना रक्त नलीहरू साँघुरिन्छन्, जसका कारण सुन्निने सम्भावना हुन्छ । अर्कोतर्फ, जब यो तातो हुन्छ र नसाहरूमा फैलिन थाल्छ, यो वरपरका तन्तुहरूमा फैलिन्छ र सुन्निन्छ । जसका कारण स्नायुमा समस्याका कारण दुखाइ र चिलाउने समस्या हुने गरेको छ ।

कम गर्ने तरिका

सामान्य तापमान
चिसोका कारण हात र खुट्टामा सुन्निने वा चिलाउने भएमा हात खुट्टालाई केही बेर कम्बलमा राख्नुहोस् । बिस्तारै, शरीर सामान्य तापक्रममा हुँदा समस्या निको हुनेछ । कुनै पनि तातो सत्तुको प्रत्यक्ष सम्पर्कमा नआउन ध्यान दिनुहोस् । यसले समस्या बढाउन सक्छ ।

तोरीको तेल
तोरीको तेलले मसाज गर्दा हात र खुट्टामा सुन्निने वा दुख्ने समस्याबाट आराम मिल्छ । यसले सुन्निएकोबाट राहत दिन्छ । लसुनको केस्रालाई मनतातो तेलमा मिसाएर शरीरमा लगाउन पनि सकिन्छ ।

मनतातो पानीले हात र खुट्टा धुनुहोस्
जाडोको चिसो पानी छुन मन लाग्दैन । त्यसैले हात र खुट्टा सुन्निएको छ भने चिसो पानीबाट जोगिनुहोस् र मनतातो पानीले हात खुट्टा धुनुहोस्।

मोइस्चराइजर
चिसोका कारण शरीरको छाला सुख्खा हुन्छ, जसका कारण सुन्निने र चिलाउने समस्या हुन्छ । त्यसैले हात र खुट्टाको छालामा लोशन वा मोइस्चराइजर लगाउनुहोस् । यसले छालामा नरमपना कायम राख्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ