२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपेटलाई सफा गर्नदेखि वजन कम गर्नसम्म तातो पानी : यस्ता छन् अरू फाइदा

पेटलाई सफा गर्नदेखि वजन कम गर्नसम्म तातो पानी : यस्ता छन् अरू फाइदा


सम्पूर्ण शरीरलाई स्वस्थ राख्नको लागि पाचन प्रणालीलाई राम्रो बनाउनु आवश्यक छ । यसका लागि विज्ञहरू केही बानी परिवर्तन गर्नुपर्नेमा जोड दिन्छन् ।

अध्ययनले पत्ता लगाएको छ कि यदि हामीले दिनभरि प्रशस्त पानी पिउने हो भने, यसले धेरै फाइदा लिन सक्छ । अर्कोतर्फ, यदि बिहान खाली पेटमा मनतातो पानी पिउने हो भने, यो अझ लाभदायक हुन सक्छ ।

दैनिक बिहान दुई गिलास मनतातो पानी पिउने बानीले पेटको सबै फोहोरलाई बाहिर निकालेर पाचन स्वास्थ्यमा उल्लेखनीय सुधार गर्न मद्दत गर्छ । तातोपानी पिउने बानी आन्द्रालाई डिटोक्स गर्नेदेखि लिभरसम्मको बोसो घटाउने सबैका लागि फाइदाजनक पाइन्छ ।

बिहान मनतातो पानी पिउनाले शरीरको मेटाबोलिजमलाई सक्रिय बनाउने स्वास्थ्य विज्ञहरू बताउँछन्, जसले गर्दा पाचन प्रणाली राम्रो हुने मात्र नभई तौल घटाउन पनि सजिलो हुन्छ ।

तातो पानी पिउनाले आन्द्रा सफा गर्न र शरीरमा भएको फोहोरलाई कम गर्न मद्दत गर्छ, जसले गर्दा पेट फुल्ने, कब्जियत, पायल्स जस्ता समस्याबाट बच्न सकिन्छ ।सबै मानिसले यो बानी नियमित रूपमा अपनाउनु पर्छ ।

जानौँ बिहानै मनतातो पानी पिउनुका अन्य फाइदाहरू के के छन् ?

पेटको धेरै समस्या हट्छ
डिहाइड्रेसनलाई कब्जियतको समस्याको प्रमुख कारक मानिन्छ, हरेक बिहान मनतातो पानी पिउनाले शरीरलाई हाइड्रेट राख्छ र पाचन स्वास्थ्यमा पनि सुधार हुन्छ । आन्द्रा र कलेजोको सफाइ र फोहोर हटाउने यी अङ्गहरूको कार्यलाई अझ सुधार गर्न सक्छ । २०१६ को एक अध्ययनले तातो पानी आन्द्रा स्वस्थ राख्न र शल्यक्रिया पछि ग्यास कम गर्न लाभदायक हुन सक्ने पत्ता लगायो ।

शरीरको फ्याट कम गर्न 
तौल घटाउन चाहनुहुन्छ भने पनि हरेक बिहान तातो पानी पिउनाले विशेष फाइदा पुर्‍याउन सक्छ । यो बानीले तपाईँको मेटाबोलिज्मलाई सक्रिय बनाउँछ, यसले तौल घटाउन मद्दत गर्छ । तातो पानीले शरीरमा रहेका बोसोका अणुहरू भत्काएर पाचन प्रक्रियालाई सहज बनाउँछ । यो बानीले शरीरमा जम्मा भएको अतिरिक्त बोसोलाई पनि कम गर्न सकिन्छ । यो बानी तौल नियन्त्रणमा राख्न पनि फाइदाजनक हुन्छ ।

 रोग प्रतिरोधात्मक क्षमता बढाउन

बिहान तातो पानी पिउनाले रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ, विशेष गरी चिसो मौसममा यसका धेरै फाइदा हुन्छन् । तातो पानी पिउनाले शरीरको तापक्रम सामान्य राख्न मद्दत गर्छ । यसका साथै घाँटीको इन्फेक्सन र चिसोको समस्यालाई कम गर्न पनि यो प्रभावकारी उपाय हो । घाँटी दुखाइ हटाउन यो बानीबाट विशेष फाइदा लिन सकिन्छ।

मुडलाई ठिक राख्न
अध्ययनहरूले तातो पानी पिउनाले केन्द्रीय स्नायु प्रणालीको कार्यमा सुधार गर्ने पत्ता लगाएका छन्, जसले तपाईँलाई कम चिन्तित महसुस गराउँछ । २०१२ को एक अध्ययन अनुसार, कम पानी पिउनाले सन्तुष्टि र सकारात्मक भावनामा कमी ल्याउन सक्छ, त्यसैले हाइड्रेटेड रहनु पनि तपाईँको मुडलाई नियन्त्रणमा राख्नको लागि लाभदायक हुन सक्छ ।
अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ