२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यबालबालिकामा हुने क्यान्सरको उपचार कत्तिको सम्भव छ ?

बालबालिकामा हुने क्यान्सरको उपचार कत्तिको सम्भव छ ?


पहिले क्यान्सर भन्ने बित्तिकै ठुला मानिसहरूलाई मात्र लाग्ने रोग हो भन्ने धेरैको बुझाई थियो । तर अहिले साना बालबालिकाहरूलाई समेत क्यान्सर भइरहेको पाइन्छ । बालबालिकामा  हुने क्यान्सर को उपचार सम्भव त छ तर बालबालिकामा हुने क्यान्सरको कारण पत्ता नलागेको हुँदा यो रोग लाग्न बाट जोगाउ भने गाह्रो रहेको क्यान्सर रोग विशेषज्ञ डा.ऋतु लामिछाने बताउँछिन् ।

बालबालिकामा क्यान्सर किन हुन्छ ? 
बच्चा कोख अवस्थामा हुँदा उसको जिन परिवर्तन आउने अधिकतम मौका हुने हुन्छ र पछी गएर क्यान्सर देखिने हुन्छ  । जिनमा के कारणले परिवर्तन आउँछ भन्ने कुरा अहिलेसम्म पत्ता लगाउन भने सकिएको छैन । बच्चामा हुने क्यान्सर कतिपय वंशाणुगत कारणले पनि हुने गरेर पाइन्छ ।

बालबालिकामा बढी देखिने क्यान्सर के के हुन् ? 
बालबालिकामा देखिने  क्यान्सर विभिन्न प्रकारका हुन्छन्,जसमा रगतको कोशिका देखी हरेक अङ्गको कोशिका बाट पनि क्यान्सर हुन सक्छ । बच्चामा सबै भन्दा बढी देखिने क्यान्सर भनेको ब्लड क्यान्सर हो । अरू देखिने क्यान्सर भनेको लिम्फोमा,मस्तिष्क को ट्युमर, किड्नीको ट्युमर, रेटिनोब्लास्टोमा, न्यूरोब्लास्टोमा, हेपाटोब्लास्टोमा मांसपेशी र हड्डीको ट्युमर हो ।

बालबालिकालाई क्यान्सर बाट कसरी जोगाउन सकिन्छ ? 
बालबालिकालाई हुने क्यान्सरमा क्यान्सर हुनु पहिले नै पत्ता लगाउन सकिने कुनै पनि स्क्रिनिङ टेस्टहरु हुँदैन । तर यसका लक्षणहरू देखिए पछि मात्रै पत्ता लगाउन सकिन्छ ।

यसका लक्षण के के हुन् ?

·       लामो समय सम्म ज्वरो आउनु ।

·       रक्तअल्पत्ता हुनु ।

·       बच्चा कमजोर हुँदै जानु ।

·       शरीरमा निला डामहरू देखिनु ।

·       नाक अथवा गिजा बाट रगत आउनु ।

·       शरीरमा दुखाई हुनु ,सुजन देखिनु ।

·       निरन्तर टाउको दुख्नु तथा बान्ता आउनु ।

 यी सबै लक्षणहरू मुख्यतया देखिन्छन्  । यस्ता लक्षणहरू देखिएमा डाक्टरको सल्लाहमा जानु पर्छ ।

बालबालिकामा हुने क्यान्सरको उपचार कतिको सम्भव छ ?

बालबालिका हुने क्यान्सरको उपचार निको हुने सम्भावना ८० प्रतिशत सम्म हुन्छ । क्यान्सर जति ढिलो पत्ता लाग्छ त्यति नै जटिल हुँदै जान्छ । हरेक क्यान्सरको फरक फरक उपचार पद्धति हुन्छ जस्तै पहिलो चरणमा क्यान्सर छ भने  क्यान्सर एउटा ठाउँमा हुन्छ । जसले गर्दा निको हुने सम्भावना धेरै रहन्छ । त्यस्तै चौथो चरण छ भने धेरै ठाउँमा फैलिसकेको हुन्छ ।  उपचार जटिल हुँदै जान्छ ।

उपचार पद्धति के हो ? यसको उपचार किमो थेरापी हो जुन औषधीको माध्यम बाट उपचार गरिन्छ । अर्को भनेको शल्यक्रिया ,रेडियो थेरापी हो अहिले नयाँ आएको इम्युनोथेरापी  र स्टेमसेल प्रत्यारोपण (स्टेम सेल टान्सप्लान्ट) हो । क्यान्सरका प्रकार र अवस्था  हेरेर त्यसको उपचार गरिन्छ ।

प्रस्तुति : भुमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स
ट्याग : #Birtamod, #dr. ritu, #Hematologist, #Jhapa, #oncologist


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ