२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यदिनहुँ बदाम खानुका फाइदाहरु

दिनहुँ बदाम खानुका फाइदाहरु


बदामको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । दैनिक बदाम खाँदा धेरै रोगबाट बच्न सकिन्छ । बदाममा फाइबर, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्स प्रचुर मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

दैनिक ६ देखि ७ वटा बदाम खाँदा मानिसलार्ई स्वस्थ र तन्दुरुस्त रहन मद्दत पुग्छ ।

हड्डीहरूको लागि 
बदाममा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । दैनिक बदामको सेवनले हड्डीसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ ।

मधुमेह रोगीको लागि
मधुमेहका बिरामीका लागि बदामको सेवन निकै फाइदाजनक हुन्छ । बदाममा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ, जसले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ । दैनिक बदाम खाँदा मधुमेहको जोखिम कम हुनेबारेमा धेरै अध्ययनहरुमा पनि दावी गरिएको छ ।

तौल नियन्त्रणमा राख्छ
दैनिक बदामको सेवनले तौल पनि नियन्त्रणमा राख्छ । बदाममा फाइबर र प्रोटिन पाइन्छ, जसका कारण यसको सेवनले पेट भरिपूर्ण रहन्छ र धेरै खानबाट बच्न सकिन्छ । बदामले मेटाबोलिजमलाई पनि सुधार गर्छ जसले तौललाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

स्वस्थ मुटुको लागि
दैनिक बदाम खानु मुटुका लागि पनि निकै फाइदाजनक हुन्छ । धेरै दैनिक बदामको सेवनले मुटुलाई स्वस्थ राख्छ । मुटु रोगीले दैनिक बदाम खानुपर्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ