२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यरुघाखोकी लागेको समय कुन फलफूलको सेवन गर्ने ? कुनले गर्छ असर ?

रुघाखोकी लागेको समय कुन फलफूलको सेवन गर्ने ? कुनले गर्छ असर ?


जाडो मौसममा धेरै प्रकारका रोग लाग्ने सम्भावना बढ्छ । जाडो मौसममा रुघाखोकीको समस्या धेरैलाई हुने गरेको छ । खानपानमा बेवास्ता पनि रुघाखोकीका कारण बन्न थाल्छ ।

चिसो पानी पिउनु हुँदैन, रुघाखोकी बढाउने यस्ता चिज पिउनु हुँदैन । रुघाखोकीको बेला फलफूलको सेवनलाई लिएर धेरै भ्रमहरू हुने गर्छन् ।

डाक्टरहरूले रुघाखोकी लागेको समयमा सिट्रस फलफूल वा रसदार फलफूल खान नहुने सल्लाह दिन्छन् । यसले रुघाखोकीको समस्या बढाउँछ । तर के तपाईँलाई थाहा छ रुघाखोकी लागेमा कुन फलफूल खानुपर्छ र कुन फलफूलबाट टाढा रहनुपर्छ ?

रुघाखोकीमा कुन फलफूल खानुपर्छ ?
खानपान तथा पोषण विज्ञका अनुसार रुघाखोकीको समस्यामा सिट्रिक फलफूल खानुपर्छ । सिट्रिक फलले रोग प्रतिरोधी क्षमता बढाउने काम गर्छ । सुन्तला, जुनार तथा कागतीको सेवनले रुघाखोकीको समस्या कम हुन्छ ।

स्याऊ
रुघाखोकी लागेमा पनि स्याउको सेवन गर्न सकिने विज्ञहरू बताउँछन् । स्याउ खाँदा रुघाखोकी कम गर्न सकिन्छ । स्याउमा पाइने औषधीय गुणले भाइरल इन्फेक्सनलाई हटाउँछ ।

किवी
रुघाखोकी लाग्ने समस्यामा किवीको सेवन प्रभावकारी हुन्छ । किवीमा भिटामिन सी र ई प्रचुर मात्रामा पाइन्छ, जसको सेवनले एलर्जी र सङ्क्रमणलाई कम गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

खोकीमा यी फलफूल नखानुहोस्
यस्तो कुनै फल छैन, जुन खोकीको समयमा खाँदा हानिकारक हुन सक्छ । तर, यदि तपाईंलाई कुनै फलबाट एलर्जी छ भने यसको सेवन नगर्नुहोस् । सकेसम्म रुघाखोकी लागेको बेला रात वा साँझको समयमा सिट्रस फलफूलको सेवन गर्नुहुँदैन यसबाहेक फ्रिजमा राखेका फलफूलको सेवनबाट पनि बच्नुपर्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ