२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकतै यात्रामा जाँदा अपनाउनुहोस् यी टिप्स

कतै यात्रामा जाँदा अपनाउनुहोस् यी टिप्स


यात्राको क्रममा धेरै पटक यस्तो हुन्छ कि हाम्रो खाना र पेय दिनचर्यामा परिवर्तन हुन्छ । जसबाट कहिले टाउको दुख्ने, कहिले चक्कर लाग्ने र नर्भस हुने जस्ता कुराको सिकार हुन थाल्छ । त्यसैले आज हामी तपाईलाई केहि यस्ता कुराहरु बताउन गइरहेका छौ जुन तपाई यात्राको क्रममा फिट महसुस गर्नुहुनेछ ।

बिहानको नास्ता गर्नुहोस्
बिहानको स्वस्थ नास्ताले तपाईंलाई दिनभरको लागि चार्ज राख्छ । यात्रा गर्दा समय मिल्दैन भने ब्रेकफास्टले तपाईलाई फिट राख्छ । त्यसैले बिहानको खाजा खानुहोस । बिहानको खाजामा दूध, अण्डा र फलफूल समावेश गर्नुहोस् ।

पानीको बोतल साथमा राख्नुहोस्
यात्रा गर्दा एक बोतल पानी राख्नुहोस्, यसले तपाईंको शरीरलाई हाइड्रेटेड राख्छ । तपाईलाई कब्जियतको समस्या हुनबाट पनि जोगाउँछ । साथै यसले गर्दा टाउको दुख्ने र चक्कर लाग्नेजस्ता समस्याहरु देखिँदैनन् ।

पैदल पनि जाने गर्नुहोस्
यदि होटेलबाट नजिकै कुनै ठाउँ छ जहाँ तपाईं पैदल जान सक्नुहुन्छ भने सवारीसाधनको प्रयोग नगर्नुहोस् । त्यसमा हिड्नुहोस्, तपाईं फिट हुनुहुनेछ ।

खानपानमा ध्यान दिनुहोस्
जहाँ गए पनि खानपानको ख्याल राखौं । प्रायः हामी स्थानीय खाना खान प्रयास गर्ने प्रक्रियामा बिरामी हुन्छौं ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ