२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यप्रोटिन पाउडरको विकल्पमा अश्वगन्धा : दिनेछ प्राकृतिक शक्ति

प्रोटिन पाउडरको विकल्पमा अश्वगन्धा : दिनेछ प्राकृतिक शक्ति


तपाईँले प्रायः मानिसहरू लाई प्रोटिन पाउडर सेवन गरेर जिम जाने गरेको देख्नु भएको होला । यो मांसपेशीहरूको निर्माण र शारीरिक शक्ति को वृद्धिमा लाभदायक मानिन्छ । तर प्रोटिन पाउडरको बारेमा धेरै अध्ययनहरूमा, अनुसन्धानकर्ताहरूले बारम्बार मानिसहरूलाई यसको धेरै साइड इफेक्टहरू बारे सचेत गराइरहेका छन् ।

बजारमा सजिलै पाइने प्रोटिन पाउडरमा स्टेरोइड हुन्छ, जसको सेवनले विभिन्न दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम निम्तिन सक्छ । यसका कारण तपाईँको शरीर छिटो भरिन थाल्छ तर यसले भविष्यमा गम्भीर रोग निम्त्याउन सक्छ ।

स्वास्थ्य विज्ञहरू भन्छन्, यदि तपाईँ पनि फिटनेस राम्रो राख्न चाहनुहुन्छ भने, प्रोटिन पाउडरको सट्टा अन्य वैकल्पिक उपायहरू प्रयोग गर्नुहोस् । यसमा अश्वगन्धाको सेवन गर्नु तपाईँको लागि विशेष लाभदायक हुन सक्छ ।

आयुर्वेदमा अश्वगन्धाका धेरै प्रकारका फाइदाहरू उल्लेख गरिएको छ । आउनुहोस् जानौँ अश्वगन्धाको सेवन कति फाइदाजनक हुन्छ ?
अश्वगन्धा आयुर्वेदको सबैभन्दा महत्त्वपूर्ण जडीबुटी मध्ये एक हो, जुन वर्षौँदेखि प्राकृतिक चिकित्सामा प्रयोग हुँदै आएको छ ।

मांसपेशी निर्माणलाई बढाउनको साथसाथै, अश्वगन्धाको सेवनले तनाव कम गर्न, ऊर्जा स्तर बढाउन र एकाग्रता सुधार गर्न विशेष रूपमा लाभदायक हुन सक्छ ।

अश्वगन्धा एथलेटिक्स प्रदर्शन सुधार गर्न र शारीरिक प्रदर्शन कायम राख्न लाभदायक देखाइएको छ । यसलाई प्रोटिन पाउडरको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ ।

शारीरिक प्रदर्शनमा लाभदायक
अश्वगन्धाको नियमित सेवनले मांसपेशी निर्माण बढाउन र ऊर्जा स्तर सुधार गर्न विशेष रूपमा लाभदायक हुन सक्ने अनुसन्धानकर्ता ले पत्ता लगाएका छन् । पुरुष र महिला दुबैमा गरिएको अध्ययनले अश्वगन्धा दैनिक सेवन गर्ने व्यक्तिको शारीरिक कार्यसम्पादन राम्रो हुने देखाएको छ । यसले व्यायामको क्रममा शक्ति र अक्सिजनको प्रयोग बढाउनमा पनि फाइदा पु¥याउँछ । पाँच वटा अध्ययनको विश्लेषणले अश्वगन्धा सेवनले वयस्क र खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार गरेको पाइएको छ ।

डिप्रेसन–चिन्ताको कम जोखिम
अश्वगन्धाले शारीरिक तन्दुरुस्ती बढाउन मात्र नभई मानसिक स्वास्थ्यलाई पनि फाइदा पु¥याउन सक्छ । अध्ययनमा, अनुसन्धानकर्ताहरूले डिप्रेसन र चिन्ताको अनुभव गरिरहेका स्किजोफ्रेनिया भएका ६६ जनामा अश्वगन्धाको प्रभावलाई हेरे । १२ हप्तासम्म दैनिक १,००० मिलिग्राम अश्वगन्धा निकासी लिने सहभागीहरूलाई यी समस्याहरूको कम जोखिम भएको पाइयो ।

प्रजनन लाभ
अश्वगन्धालाई प्रजनन क्षमता बढाउन पनि प्रभावकारी औषधि मानिन्छ । यसले पुरुष प्रजनन क्षमतालाई फाइदा पु¥याउन र टेस्टोस्टेरोन स्तर बढाउन प्रभावकारी फाइदाहरू देखाएको छ । अध्ययनमा ४०–७० वर्षका ४३ जना पुरुषलाई ८ हप्तासम्म दैनिक अश्वगन्धाको रस खुवाइएको थियो । निष्कर्षमा यसको प्रयोगले टेस्टोस्टेरोन उत्पादन बढाउनमा उत्कृष्ट फाइदाहरू प्रदान गर्दछ । पुरुषको प्रजनन क्षमता बढाउन डाक्टरको सल्लाहमा पनि यसको सेवन गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ