२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यस्मरण शक्ति बढाउन अपनाउनुस् यी टिप्स 

स्मरण शक्ति बढाउन अपनाउनुस् यी टिप्स 


यदि तपाई तेज दिमाग र राम्रो स्मरण शक्ति चाहनुहुन्छ भने यी ५ उपाय तपाईँको लागि उपयोगी हुन सक्छ । जसरी शरीरलाई तन्दुरुस्त राख्न शारीरिक व्यायाम आवश्यक हुन्छ, त्यसै गरी दिमागलाई स्वस्थ राख्नको लागि मानसिक व्यायाम आवश्यक हुन्छ ।

पजलहरू, क्रसवर्डहरू, सुडोकु, आदि जस्ता तपाईँको दिमागलाई सक्रिय राख्ने गतिविधिहरूमा सामेल भएर तीनको समाधान खोज्नुहोस् । यसले तपाइको दिमागलाई काममा सक्रिय राख्छ र तेजिलो बनाउन मद्दत गर्दछ ।

एक्लो नहुनुहोस्, सामाजिक बन्नुहोस् । साथीहरू र परिवारका सदस्यहरूसँग सम्पर्कमा रहनुहोस् । उनीहरूसँग अन्तरक्रिया गर्नुहोस् । आफूलाई व्यस्त राख्नका लागि र दिमागलाई चलायमान बनाउनको लागि आफूलाई मन पर्ने कुरामा समय दिनुहोस् ।
सकारात्मक सोच्नुस् । हासौ र अरुलाई पनि हसाउँ, किनकि हाँसो आफैमा उपचार हो ।

नियमित व्यायामले मस्तिष्क लगायत सम्पूर्ण शरीरमा रक्तसञ्चारमा सुधार ल्याउँछ, त्यसैले हप्तामा एक पटक छिटो हिँड्ने, दौडने वा साइकल चलाउने जस्ता एरोबिक व्यायाम गर्नुहोस् ।

ध्यान, गहिरो सास फेर्न जस्ता योगिक गतिविधिहरू पनि दिमागलाई स्वस्थ राख्न मद्दत गर्दछ । राम्रो स्वास्थ्यको लागि पर्याप्त निद्रा आवश्यक छ, किनकि दैनिक ७–८ घण्टा सुत्दा स्मरण शक्ति राम्रो रहन्छ ।

यसका साथै सन्तुलित आहारमा पनि ध्यान दिनुपर्छ । आफ्नो दैनिक आहारमा फलफूल, हरियो तरकारी र कार्बोहाइड्रेट समावेश गर्न निश्चित गर्नुहोस् । बिहान खाली पेटमा फलफूल नखाँदा राम्रो हुन्छ । ओमेगा–३ फ्याटी एसिड भएको खानेकुरा खानुहोस्, जस्तै नट, फ्ल्याक्स सीड, बदाम, आदि । साथै दैनिक ८–९ गिलास पानी पिउनुहोस् ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ