२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमोतियाबिन्दु किन हुन्छ ? मोतियाविन्दुको उपचारपछि के कुरामा ध्यान दिने ?

मोतियाबिन्दु किन हुन्छ ? मोतियाविन्दुको उपचारपछि के कुरामा ध्यान दिने ?


जन्मजातदेखि नै सबै मान्छेको आँखा भित्र लेन्स हुन्छ । त्यो लेन्सले हामीलाई हेर्नको लागि प्रत्यक्ष सहयोग गरिरहेको हुन्छ । त्यो लेन्स पारदर्शी हुनुपर्छ ।

लेन्सभन्दा पछाडि एउटा आँखाको पर्दा हुन्छ । त्यो पर्दामा नसा हुन्छ । त्यो पर्दाले हामीले हेरेको कुराहरु मस्तिष्कमा पु¥याउँछ । आँखाको कालो भाग पनि पारदर्शी हुन्छ ।

उमेर हुँदैं जाँदा वा अरु विभिन्न कारणले त्यो लेन्स अपादर्शी हुन थाल्छ । त्यो लेन्स पारदर्शीबाट अपारदर्शी हुन थाल्यो भने त्यसलाई मोतियाबिन्दु भनिन्छ । मोतिबिन्दु संसारको अन्धोपनको प्रमुख कारण हो । ५४ प्रतिशत मानिसहरुमा अन्धोपनको कारण मोतियाबिन्दुको हुन्छ ।

आँखाको लेन्स किन अपारदर्शी हुँदै जान्छ ?

लेन्स अपारदर्शी हुने मुख्य कारण बढ्दो उमेर हो । प्राय ५०—६० वर्ष कटेपछि सबै मानिसमा लेन्स अपारदर्शी बन्न सुरु हुन थाल्छ । एउटा सानो बिन्दुको रुपमा मोतियाबिन्दु सुरु हुन थाल्छ ।

त्यसले आँखा थोरै धमिलो बनाउँछ । क्रमसः प्रत्येक वर्ष बढ्दै जान्छ । सामान्यबाट सुरु भएर ५ वा १० वर्षमा अन्धो नै बनाउँछ । मानिसमा जति उमेर बढ्दै जान्छ त्यति नै मोतियाबिन्दु हुने खतरा हुन्छ ।

मोतियाबिन्दु हुने कारणहरु

  • बढ्दो उमेर
  • औषधिहरुको गलत प्रयोग
  • जन्मजात÷वंशाणुगत कारण
  • चोटपटक
  • धेरै रेडिएसनमा काम गर्नु
  • धुम्रपान
  • पौष्टिक आहारको कमी
  • धेरै डाइरिया हुने व्यक्तिहरु
  • घाममा धेरै हिड्ने वा बस्ने

यसबाहेक अन्य धेरै कारणहरुले आँखामा मोतियाबिन्दु हुन सक्छ ।

मोतियाबिन्दुका लक्षणहरु

१. दूरको दृष्टि कम हुँदै जाने
२. आँखा धमिलो हुँदै जाने
३. टाउको दुख्नु

कस्ता ब्यक्तिलाई मोतियाबिन्दु हुने जोखिम छ ?

मोतियाबिन्दुको धेरै जोखिम बालबालिकालाई हुन्छ । उनीहरुको समयमै उपचार भएन भने पछिको उपचारले काम गर्दैन् । बालबालिकाहरुको जन्मिएको सात वर्षसम्म खतराको पिरियड हो ।
यो समयमा दृष्टि दोष भएका बालबालिकाहरुमा मोतियाबिन्दु पत्ता लागाएर उपचार गर्न सकियो भने उनीहरुले पूर्ण रुपमा आँखा देख्न सक्छन् । उपचार ढिलो भयो भने आँखामा ज्योति आउन सम्भव नहुन पनि सक्छ ।

मोतियाबिन्दुको उपचारपछि आँखाले पहिलाको जस्तै देख्न सकिन्छ ?

मोतियाबिन्दु आँखाको लेन्समा धमिलो जम्नु हो । त्यो धमिलो शल्यक्रिया गरेर निकालिन्छ । मान्छेका लागि बनाएको कृत्रिम लेन्स हुन्छ । हामीले कृत्रिम लेन्स हालिदिन्छौं । त्यो हालिदिएपछि पहिला जस्तो प्रष्ट देखिन्थ्यो, त्यति नै प्रस्ट देखिन्छ । केहि नदेख्ने, हातले छामेर हिड्ने मान्छेले पनि प्रस्ट देख्छन् । शल्यक्रिया भइसकेपछि डाक्टरको सल्लाहअनुसार चेकअप गराइरहनु पर्छ ।

मोतियाबिन्दुको शल्यक्रिया गरेकाहरुले ध्यान दिनुपर्ने कुरा

क. आँखाको सरसफाइ गर्ने
आँखाको सरसफाई राम्रोसँग गर्नुपर्छ । आँखा सरसफाइ पुगेन भने आँखा बिग्रने वा इन्फेक्सन हुन सक्छ । त्यो इन्फेक्सनबाट बचाउनुपर्छ । शल्यक्रिया गरेको एक महिनासम्म आँखामा पानी पार्नु हुँदैन् । एक महिनासम्म कपास र पानी १५, २० मिनेट उमालेर आँखा सफा गर्नुपर्छ ।

ख. डाक्टरले दिएको औषधि नियमित प्रयोग गर्ने
धेरै मान्छेहरुले औषधिको प्रयोग गर्दैनन । औषधिको प्रयोग एक हप्ता जति गर्छन्, त्यसपछि आँखा देखिन्छ । औषधि प्रयोग गर्दैनन् । औषधि डाक्टरको सल्लाहअनुसार प्रयोग गर्नुं भएन भने फेरि पछि आँखा नदेख्न सक्छ ।

ग. आँखाको सुरक्षा गर्ने
आँखालाई चोटपटक लाग्यो भने आँखा फुट्छ । पहिला—पहिला धागो प्रयोग हुन्थ्यो, अहिले धागो प्रयोग हुँदैन् । शल्यक्रिया गर्दा हाम्रो सामानहरु त्यहाँ रहुन्जेल त्यहाँ प्वाँल हुन्छ । निकाल्दा टालिन्छ । त्यहाँ थिच्यो भने फेरि खुल्छ । त्यसकारण आँखालाई थिच्नु हँुदैन । आँखामा चोटपटक लाग्नु दिनु हुँदैन् ।

प्रस्तुतिः श्रीजु थापा


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ