२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यबच्चाहरुमा हुने ‘रिकेट्स’ के हो ? कसरी बचाउन सकिन्छ ?

बच्चाहरुमा हुने ‘रिकेट्स’ के हो ? कसरी बचाउन सकिन्छ ?


साना बच्चाहरुमा हुने रिकेट्स विभिन्न तत्वहरुको कमीले हात खुट्टा बाङगो हुने एउटा रोग हो । बच्चाहरु हुर्किदै गरेको अवस्थामा यो समस्या देखिन्छ । यो अवस्थामा उनीहरुले पर्याप्त मात्रामा क्याल्सियम, फस्फोरस र भिटामीन ‘डी’ युक्त खानाहरु खानुपर्ने हुन्छ ।

बच्चाहरु भनेको बढ्दो उमेर हो । बढ्दो उमेरमा उनिहरुलाई खुराक धेरै चाहिने हुन्छ । जस्तैः हामीले विरुवालाई मल, जल र पानी हालेर राम्रो सँग हुर्कायौं भने मात्र पछि त्यही बिरुवा राम्रो हुन्छ । त्यस्तै, बच्चाहरुमा पनि क्याल्सियम, फस्फोरस र भिटामिन ‘डी’ पर्याप्त मात्रामा दियौं भने बच्चाहरुको हड्डी स्वस्थ पनि हुन्छन् । रोगबाट पनि टाढा रहन्छन् ।

बच्चाहरुमा यसको अभावले रिकेट्स हुन्छ । बच्चा बेलामा नै यो रोग लाग्ने भएकोले यो रोग युवा वा वृद्धामा हड्डी कमजोर हुन्छ तर रिकेट्स हुँदैन् ।

रिकेट्सका कारणहरु

भिटामिन ‘डी’को कमी
क्याल्सियमको कमी
फस्फोरसको कमी

रिकेट्सका लक्षणहरु

जोर्नीहरु दुख्ने
जोर्नीहरु सुनिने
हातखुट्टा बाङ्गो हुने

रिकेट्सबाट बच्चाहरुलाई बचाउन के गर्ने ?

बच्चाहरुलाई रिकेट्सबाट बचाउन हामीले दुई वटा काम गर्न सक्छौं । एउटा बच्चाहरुलाई भिटामिन ‘डी’ युक्त खाना प्रशस्त मात्रामा खुवाउनुपर्छ । घामबाट भिटामिन ‘डी’ प्राप्त हुन्छ ।

धेरै सानो बच्चा छन् भने घाममा राख्ने र अलि ठूलो बच्चा छ भने घाममा बस्न लगाउने । यसरी बच्चाहरुलाई रिकेट्सबाट बचाउन सकिन्छ । धेरै सुति रहँदा र बसिरहँदा हड्डी पातलो हुन्छ । धेरै शारीरिक व्यायाम गर्ने र हिंड्ने गर्नुपर्छ । जति शारीरिक अभ्यास ग¥यो हड्डी त्यति नै बलियो हुँदै जान्छ । धुम्रपान र मदिरापानबाट टाढा रहनु पर्छ ।

रिकेट्सको उपचारहरु के के हुन् ?

रिकेट्स उपचार भनेको बच्चाहरु जोर्नीहरु सुनिएर र बाङगो भएर आएपछि हामीले त्यो बच्चाको एक्सरे गरेर हेर्छौं । ब्लड टेस्ट गर्छौं । टेस्टमा क्याल्सियमको मात्रा कति छ, भिटामिन ‘डी’ को मात्रा कति छ हेर्छौ । त्यसमा के को कमी छ । प्रस्ट रुपमा देखिन्छ । त्यहीअनुसार तीन महिनाभन्दा बढी क्याल्सियम र भिटामिन ‘डी’ प्रशस्त र प्रचुर मात्रामा दिन्छौं ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ