२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यआँखालाई असर गर्ने मधुमेह रेटिनोपेथी के हो ?

आँखालाई असर गर्ने मधुमेह रेटिनोपेथी के हो ?


रेटिना पनि एउटा सजीव चिज हो, एउटा सेल हो । मधुमेह लागेको बिरामीमा विस्तारै—विस्तारै आँखाको भित्री पर्दा जसलाई रेटिना भनिन्छ । त्यो रेटिनामा सानो सानो रगतको नलीहरु हुन्छन् । विस्तारै विस्तारै दीर्घकालीन असरहरु हुँदै गएपछि त्यो नलीहरु फ्ट्ने वा बन्द हुने हुन्छ ।

जसले गर्दा रेटिनामा पर्याप्त मात्रामा खाना ढुवानी हुँदैन् । रेटिनामा खाना नपुग्दा त्यसले रेटिनामा नकारात्मक असरहरु पर्न थाल्छ । आँखाको नलीहरु फुट्ने, आँखाको नलीहरु बन्द हुने हुन्छ । जसले गर्दा आँखामा रक्तस्राव हुन्छ । यसले मान्छेलाई पूर्णतयाः अन्धोसमेत बनाउन सक्छ ।

मधुमेह रेटिनोपेथीका कारण

  • खराब जीवनशैली
  • मोटोपन
  • बढ्दो उमेर
  • मधुमेह
  • उच्च रक्तचाप

मधुमेह रेटिनोपेथीका लक्षण
यसको सुरुवाती अवस्थामा लक्षणहरु हुँदैनन् । विस्तारै रगतको नलीहरु बन्द हुन्छन् । रगतको नली बन्द हुँदा वा फुट्दा थोरै—थोरै असरहरु हुन्छ । मान्छेहरुले त्यो असर थाहा पाउँदैनन् ।

जब यसले अलिकति कडा रुप लिँदै जान्छ । कडा रुप लिएपछि बल्ल मान्छेले थाहा पाउँछन् । कडा रुप आइसकेपछि आँखा धमिलो देखिन थाल्छ । त्योभन्दा अगाडीको अवस्थामा थाहा नै हुँदैन । कहिलेकाहीँ कडा रुप लिइसकेपछि उपचार सम्भव हुँदैन् । यदि सुरुको अवस्थामा थाहा पाए उपचार राम्रो हुन्छ ।

मधुमेह रेटिनोपेथीको उपचार
सुरुमा सुगरको बिरामीले सुगर नियन्त्रण गर्ने, पे्रसरको अवस्थामा पे्रसर नियन्त्रण गर्ने, कोलस्ट्रोलको मात्रालाई नियन्त्रण गर्नुपर्छ । मधुमेह रेटिनोपेथीले धेरै नै असर पारेको खण्डमा आँखामा लगाउने रेजरहरु हुन्छ । रेटिनामा रेजर लगाउनुपर्छ । आँखामा लगाउने सुइ हुन्छ, त्यो सुई लगाउनुपछै । आँखा एकदमै खराब भएको छ भने सर्जरी पनि गर्नुपर्ने हुन्छ ।

मधुमेह रेटिनोपेथीलाई नियन्त्रण गर्न के गर्न सकिन्छ ?

  • सबैभन्दा पहिला मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोल भएको बिरामीले उक्त रोग कन्ट्रोल गर्ने ।
  • मोटोपनालाई नियन्त्रण गर्ने ।
  • चुरोट, रक्सी नखाने ।
  • व्यायाम गर्ने ।
  • खानपिनमा ध्यान दिने ।
  • व्यालेन्स डाइटहरु खाने ।

फिजिसियन, आँखाको डाक्टर, कार्डियोलोजिष्ट, डाइबटिजको डाक्टर र डाइटिसियनलाई भेटेर आवश्यक सल्लाह लिँदा मधुमेहले अन्धोपन नै हुने खालको रेटिनोपेथीको निम्त्याउने सम्भावना धेरै हदसम्म नियन्त्रण हुन्छ ।

धेरैजसो मानिसहरुलाई चालिस कटेपछि मधुमेह लागेको हुन्छ । मधुमेह दुई किसिमको हुन्छ । एउटा इन्सुलीन नै नबन्ने हुन्छ, अर्को बनेको इन्सुलीनले पनि शरीरमा काम नगर्ने हुन्छ । इन्सुलीनले हाम्रो शरीरमा सुगर कन्ट्रोल गर्छ । ४० वर्ष कटेपछि प्रायः मानिसहरुमा इन्सुलीनले काम नगर्ने अवस्था हुन्छ । त्यस्ता व्यक्तिलाई मधुमेह रेटिनोपेथी हुने सम्भावना धेरै हुन्छ । सानैदेखि डाइबटिज भएको व्यक्तिहरुलाई पनि रेटिनोपेथीको जोखिम धेरै हुन्छ ।

मधुमेह रेटिनोपेथी भएका बिरामी ध्यान दिनुपर्ने कुरा

  • आँखाको नियमित परीक्षण गर्ने ।
  • डाक्टरको सम्पर्कमा बस्ने ।
  • उपचामा प्रयोग गरिरहेको सुई, लेजर वा अपरेशनले पर्याप्त मात्रामा काम गरिरहेको छ कि छैन हेर्ने ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ