२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ?

पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ?


पाठेघरको क्यान्सर महिलाहरुको प्रजनन प्रणालीलाई असर गर्ने क्यान्सर हो । महिलाको शरीरमा एउटा स्ट्रोजन हर्मोन हुन्छ । त्यो हर्मोन धेरै उत्पादन हुँदा पाठेघरको भित्री लेयर बाक्लो बन्छ ।

हर्मोनले वा अन्य कारणले भएपनि पाठेघरको भित्री लेयरको अत्याधिक वृद्धिले पाठेघरमा मासु पलाउनु नै पाठेघर क्यान्सर हो । पाठेघरको क्यान्सरलाई इन्ड्रोमेट्रियम पनि भनिन्छ ।

सामान्य भन्दा धेरै तौल भएका महिला, उच्च रक्तचाप, डाइबटिज भएका महिला बिरामीहरुमा पाठेघरको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । पाठेघर महिलाहरुको लागि महत्वपूर्ण अंग हो । उमेर बित्दै जाँदा विशेषगरी ५० कटेको महिलाहरुलाई पाठेघरको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

पाठेघरको क्यान्सर सुरुवाती अवस्थामा थाहा पाइयो भने यसलाई रोकथाम गर्न सकिन्छ । अरु भागलाई यसले असर गर्दैन् । यसको उपचार गर्न धेरै ढिला गर्दा पाठेघर पूरै सर्जरी गरेर फाल्नुपर्ने पनि हुन्छ ।

पाठेघर क्यान्सरको कारणहरु

पाठेघरको क्यान्सरको कारणहरु धेरै छन् । जसमध्ये केही प्रमुख कारणहरु तल उल्लेख गरिएको छ ।

  • स्ट्रोजन हर्मोनको अत्याधिक वृद्धि
  • उच्च रक्तचापका बिरामी
  • डाइबटिजका बिरामी
  • धेरै मोटोपन भएका महिलाहरु
  • वंशाणुगत
  • अरु औषधीहरुको साइड इफेक्ट आदि ।

पाठेघरको क्यान्सका लक्षणहरु

१. महिनावारी रोकिएको महिलाहरुमा पुनः रगत जानु ।
२. चालिस कटेको महिलाहरुमा अनियमित महिनावारी हुने ।
३. महिनावारीको समयमा धेरै रगत जाने ।
४. तल्लो पेट दुख्ने आदि ।

पाठेघर क्यान्सरको उपचार

सबैभन्दा पहिला क्यान्सर भएको हो कि होइन डाइग्नोसिस गरिन्छ । बायोप्सीबाट क्यान्सर पत्ता लगाइन्छ ।

सिटी स्क्यान र एमआरआई गरेर क्यान्सर फैलिएको छ कि छैन हेरिन्छ । त्यसपछि क्यान्सरको सर्जरी गरेर पाठेघर र पाठेघरबाट फैलिने सानो सानो बाटो हुन्छ, त्यसलाई पनि निकालिन्छ ।

बायोप्सी रिपोर्ट हेरेर क्यान्सर फैलिएको अवस्थामा भने किमो दिने गरिन्छ ।

पाठेघरको क्यान्सरका चरणहरु

पाठेघर क्यान्सरको चार वटा चरणहरु हुन्छन् । चरणअनुसार क्यान्सर शरीरको विभिन्न भागमा फैलिन्छ ।
पहिलो चरणः पहिलो चरणको क्यान्सर पाठेघरमा मात्र सिमित हुन्छ ।
दोस्रो चरणः यो चरणमा पाठेघरको वरीपरि डिम्बासय, योनीमा फैलिसकेको हुन्छ ।
तेस्रो चरणः पाठेघरको क्यान्सर फैलिने बाटोमा गइसकेको छ भने यसलाई तेस्रो चरण भनिन्छ ।
चौथो चरणः यो चरणमा क्यान्सर शरीरको विभिन्न भागमा फैलिसकेको हुन्छ । जस्तैः कलेजो, दिशाको बाटो वा पिसाब थैलीमा गएको हुन्छ । यो चरणको क्यान्सरले योनी ब्लक भएर पिसाब नआउने पनि हुन सक्छ ।

पाठेघरको क्यान्सरबाट बच्न के गर्ने

  • महिनावारीमा गडबडी भएर धेरै रगत बगेमा चेकजाँच गर्ने ।
  • क्यान्सरबाट बच्न स्वस्थ जीवनशैली बनाउने ।
  • योगा, व्यायम र अभ्यास गर्ने ।
  • रक्सी, चुरोट नखाने ।
  • मोटोपनाबाट बच्ने ।
  • परिवारमा कसैलाई क्यान्सर छ भने बेला—बेलामा आफूले पनि चेकअप गर्ने ।

पाठेघरको क्यान्सर असर गर्ने शरीरका अन्य अंग

पाठेघरको क्यान्सर फैलिने मुख्य अंगहरु
फोक्सो
कलेजो
आन्द्रा
दिशा गर्ने बाटो
पिसाव थैली आदि ।

पाठेघरको क्यान्सर दोहोरिने सम्भावना कत्तिको छ ?

क्यान्सरको सर्जरीपछि बेला—बेलामा बिरामीलाई चेकअपको लागि बोलाइन्छ । औषधीहरु दिइन्छ । क्यान्सर कस्तो छ त्यसको प्रकृति हेरेर त्यसलाई रेडियसन थेरापी पनि दिइन्छ । क्यान्सर निको भइसकेको खण्डमा ५ वर्षपछि क्यान्सर दोहोरिने सम्भावना न्युन हुन्छ । नदोहोरिन पनि सक्छ । तर, ५ वर्षसम्म क्यान्सर निको गर्न र दोहोरिएको छ कि छैन भनेर हेर्न बिरामीलाई चेकअपमा बोलाइन्छ ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ