२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः सार्कोमा कस्तो क्यान्सर हो ? किन हुन्छ ?

भिडियो रिपोर्टः सार्कोमा कस्तो क्यान्सर हो ? किन हुन्छ ?


काठमाडौं—सार्कोमा हाडजोर्नी, मांशपेसी, बोसो वा रगतका नलीहरु उत्पन्न हुने क्यान्सरलाई हामी सार्कोमा भन्छौं । सार्कोमा क्यान्सर हो ।

अरु क्यान्सरभन्दा सार्कोमा फरक किन छ भन्दा अरु क्यान्सरहरुमा कारणहरु हामीलाई थाहा हुन्छ । जस्तैः चुरोट खायो भने फोक्सोको क्यान्सर हुने, रक्सी सेवन गर्दा कलेजोको क्यान्सर हुनेजस्ता कारणहरु अरु क्यान्सरमा हुन्छन् ।

धेरैजसो सार्कोमाका केसहरु भने किन भएको हो भन्ने हामीलाई थाहा हुँदैन् । सार्कोमा भएपछि मात्रै हामीलाई थाहा हुन्छ । सार्कोमा हुनुभन्दा पहिले परीक्षण गरेर पनि यो हुने नहुने पत्ता लगाउन सकिने कुरा आजसम्म थाहा छैन ।

तर, कतिपय अवस्थामा हड्डीमा वा मांशपेशीमा कुनै यस्ता समस्या हुन्छन्, जसमा ट्युमर हुन्छ । त्यसमा क्यान्सर नभएका अवस्थाहरु हुन्छन् । जसमा केही कारणवंश पछि त्यसमा क्यान्सर उत्पन्न हुने अवस्थाहरु हुन्छन् ।

कहिलेकाही अरु रोगहरुका लागि विकिरण (रेडियसन) थेरापी पाएका मानिसहरुमा हड्डीबाट उत्पन्न हुने सार्कोमा हुने सम्भावना बढी हुन्छ ।

विशेषतः यो क्यान्सर हातखुट्टा एवं जोर्नीहरुबाट र मांशपेसीहरुबाट यो क्यान्सर बढी उत्पन्न हुन्छ ।

थप भिडियोबाट




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ