२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः आँखामा हुने मायोपिया के हो ? यसबाट कसरी बच्ने ?

भिडियो रिपोर्टः आँखामा हुने मायोपिया के हो ? यसबाट कसरी बच्ने ?


मायोपिया भनेको आँखाको यस्तो अवस्था हो जसमा टाढाका वस्तुहरु धमिलो देखिन्छ । यसमा माइनस लेन्सको प्रयोग गरेपछि टाढाको वस्तु सफा देख्ने हुन्छ । यसमा आँखाको लम्बाइ सामान्यभन्दा ठूलो हुने गर्छ ।

बच्चाहरुको बढ्दो उमेरअनुसार र हाइट बढ्दैं गएअनुसार आँखाको लम्बाइ पनि बढ्दै जाने हुन्छ । आँखाको लम्बाइ बढ्दैं गएअनुसार माइनस पावर भएको बच्चाहरुमा माइनस पावर पनि बढ्दै जाने देखिन्छ ।

मायोपिया धेरै कारणले हुन्छ । प्रमुख कारण बंशाणुगत हो । बुवा वा आमा अथवा दुवैमा माइनस पावर लगाउनुपर्ने अवस्था देखिएको छ भने बच्चाहरुमा पनि माइनस पावर लेन्स लगाउनुपर्ने एकदमै ठूलो सम्भावना हुन्छ ।

यदि कुनै बच्चाको माइनस पावर देखियो भने उसको दाजुभाइ, दिदीबहिनीमा माइनस पावर लेन्स लगाउनुपर्ने कन्डिसन हुन सक्छ । त्यहीकारण समयमै चेकअप गर्न जरुरी छ ।

जीवनशैली, वातावरणले पनि माइनस पावर लेन्स लगाउनुपर्ने हुन्छ कि हुँदैन भन्ने कुरा निर्धारण गर्छ । पहिले—पहिले बालबालिकाहरु नर्मल लाइटमा एक्सपोज धेरै हुन्थे आजभोलि स्कुलमा पनि निरन्तर पढ्ने, स्कुलबाट फर्केपछि पनि गृहकार्यहरु धेरै हुने, ट्युसन हुने, होमवर्क सकेपछि मोबाइलमै गेमहरु खेल्ने, इन्टरटेनमेन्टका लागि मोबाइलमै युट्युब, टिकटक हेर्नेजस्ता कारणले पनि माइनस पावर एकदमै बढ्दो अवस्थामा छ ।




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ