२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. बेन लिम्बुको सल्लाहः आँखामा किन पर्छ फुलो ? कस्ता हुन्छन् लक्षणहरु ?

डा. बेन लिम्बुको सल्लाहः आँखामा किन पर्छ फुलो ? कस्ता हुन्छन् लक्षणहरु ?


आँखाको बीच भागमा सेतो रङको डल्लो देखा पर्नुलाई आँखा फुलो परेको भनिन्छ । विभिन्न काम गर्दा आँखामा चोटपटक लागेर अरु भाइरस आएर आँखामा घाउ बनाउँदा र आँखा ड्राई भएर पनि आँखा फुलो परेको हुन्छ ।

कतिपय अवस्थामा चोटपटक लागेपछि आँखा बन्द हुँदैन् । फुलो पर्दा आँखा रातो हुन्छ । आँखाको दुख्छ र आँखाबाट आँशु झरेको झर्‍यै हुन्छ ।

आँखा फुलो पर्ने कारणहरु
-काम गर्दा वा लडेर आँखामा चोटपटक लागेर
-आँखा सुख्खा भएर
-आँखामा चोटपटक लागेर आँखा बन्द नभएर
-भाइरसले आँखामा घाउ बनाउँदा
-आँखाको डिल भित्रपट्टी फर्किदा
-आँशुको नली जाम भएर

आँखा फुलो पर्नुका लक्षणहरु
-आँखा रातो हुने
-आँखा दुख्ने
-घाममा आँखा खोल्न नसक्ने
-आँखामा हुने फुलोको उपचार

आँखामा आएका समस्याहरुलाई हटाउनु वा कम गर्नु नै आँखाको उपचारहरु हो । आँखा बन्द भएको छैन भने किन भएको छैन । आँखाको नली जाम भएको छ भने त्यहाँ किरा पर्छ ।

त्यो किराले गर्दा आँखामा फुलो पर्छ । त्यो नली सफा गर्नुपर्छ । आँखाको डिल भित्र फर्किएको छ भने त्यहाँ फुलो पर्ने सम्भावना बढी हुन्छ । त्यसको चेक जाँच गरेर उपचार गर्न सकिन्छ ।

फुलोको उपचार गर्न ढिलो हुँदा के हुन्छ ?

आँखामा समस्या देखिएपछि समयमै उपचार गर्नु राम्रो हो । फुलो पर्दा आँखाको अगाडिको भागमा सेतो दाग हुन्छ ।

उपचार ढिलो हुँदा त्यो दाग जाँदैन् । आँखामै बस्छ । जसले गर्दा उपचारपछि पनि आँखामा सेतो दाग र धमिलोपन हुन सक्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ