२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकिन हुन्छ पिसाब संक्रमण ? यस्ता छन् रोकथामका उपायहरू

किन हुन्छ पिसाब संक्रमण ? यस्ता छन् रोकथामका उपायहरू


पिसाब संक्रमण अर्थात ‘युरिनरीट्याक्ट इन्फेक्सन’ पिसाब प्रणालीको कुनै पनि भागमा हुने संक्रमण हो । पिसाब प्रणालीमा मुत्रनली, मुत्राशय र मिर्गौला पर्दछन् ।

धेरैजसो संक्रमण पिसाब नली, पिसाबथैली र मुत्र मार्गमा हुने गर्दछन् । पिसाब संक्रमण मिर्गौलासम्म पुग्यो भने गम्भीर स्वास्थ्य समस्या बन्न सक्छ ।

लक्षणहरु

  • भत्तभत्ती पिसाब पोल्नु
  • छिनछिनमा पिसाब लाग्ने
  • थोरै पिसाब आउने
  • पिसाबमा रगत जाने
  • तल्लो पेट भरी हुने, दुख्ने
  • वाकवाक लाग्ने, वान्ता हुने
  • ज्वरो आउने
  • खुलेर पिसाब नआउने अलिअलि गर्दै पिसाब आउने ।

पिसाब संक्रमणले असर गर्ने भागहरु

मिर्गौला
मुत्राशय
मुत्रमार्ग

पिसाब संक्रमण भएको कसरी जाँच गर्ने ?

सबैभन्दा पहिला लक्षणहरु हेरिन्छ । लक्षणहरुबाट पनि अलिअलि थाहा हुन्छ ।

त्यसबाहेक पिसाबको जाँच गर्ने र पिसाबको रुटिन र कल्चर जाँच गराउनुपर्छ ।

रुटिनमा पिपको मात्राहरु देखिन्छ । ४८ देखि ७२ घण्टामा कल्चर गरेर हेर्दा कुन किटाणु छ स्पष्ट हुन्छ ।

किटाणु र किटाणुको लागि कुन औषधी दिने कल्चरले देखाउँछ । भिडियो एक्स–रे गरेर पनि हेरिन्छ । भिडियो एक्स–रे बाट किन पिसाबको संक्रमण भएको वा नभएको पत्ता लाग्छ ।

पिसाब संक्रमणको उपचार

यसको उपचारमा सुरुमा सबैभन्दा कमन किटाणुलाई टार्गेट गरेर किटाणु मार्न एन्टिबायोटिक दिइन्छ । पिसाब सितल बनाउने औषधी दिइन्छ ।

छिनछिनमा पिसाब नलाग्ने, पिसाबको चंचलता कम गर्ने औषधी सेवन गर्नुपर्छ । ज्वरो आएको छ भने सिटामोल दिने गरिन्छ ।

यो सबै कल्चर आउनुभन्दा अगाडिको औषधीहरु हुन् । कल्चरको रिपोर्ट आइसकेपछि कल्चरले भनेअनुसारको औषधी दिइन्छ ।

पिसाब संक्रमणको रोकथामका उपाय

  • दिनमा साढे दुईदेखि तीन लिटर पानी सेवन गर्ने
  • सरसफाइमा विशेष ध्यान दिने
  • महिलाहरुले प्रजनन अंग सफा राख्ने
  • लामो समय सम्म पिसाव रोकेर राख्ने बानी हटाउने
  • कागती र अनारजस्ता भिटामिन सी भएका रसिला फलफूलहरु खाने

पिसाब संक्रमणले मिर्गौला कसरी असर गर्छ ?

पिसाबथैली संक्रमण भइसकेपछि पिसाबथैलीबाट संक्रमण फैलिए पिसाबनली हुँदै मिर्गौलासम्म पुग्छ । पिसावथैलीको संक्रमणले मिर्गौलासम्म असर गर्दा मिर्गौला सुनिन्छ । मिर्गौला पनि संक्रमण हुन्छ । यसले मिर्गौलालाई ड्यामेज गर्न सक्छ ।

पिसाब संक्रमण मानिसहरुमा धेरै देखिन्छन् । युरोलोजीको पहिलो नम्बरको रोग भनेको नै पिसाब संक्रमण हो । यो रोग सबै उमेरको व्यक्तिमा देखा पर्छन् ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ