२०८१ मंसीर २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ?

डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ?


नेपालगन्ज—बिहीबार नोभेम्बर २० अर्थात विश्व बाल दिवस । बाल दिवसका अवसरमा विश्वभर बालबालिकाको अधिकार, स्वास्थ्य र शिक्षाका बारेमा सचेतना जगाउन विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । यो वर्ष संयुक्त राष्ट्रसंघले For every child, every right  (हरेक बालबालिकाका लागि हरेक अधिकार) भन्ने नारा तय गरेको छ ।

बालबालिकाहरू संसारका भविष्य हुन् । आजका स—साना बालबालिकाहरुको सकारात्मक विकास र वृद्धिले देश निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँछ । विश्व बाल दिवसले बालबालिकाको अधिकारको वकालत गर्न, प्रवद्र्धन गर्न र उज्जल भविष्य निर्माण गर्ने अभियानलाई सार्थक बनाउन प्रेरित गर्दछ ।

सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार नेपालका बालबालिकाहरुको स्वास्थ्यमा सुधार हुँदै गएको देखिएको छ ।
सन्तुलित खानाको प्रबन्ध नहुँदा एकातर्फ बालबालिकामा कुपोषणको समस्या छ भने अर्काेतर्फ बजारमा पाइने अस्वस्थकर खानेकुराको बढी प्रयोगले पनि बालबच्चामा मोटोपनसहितका समस्या देखिन थालेको छ ।

बालबालिकामा पछिल्लो समयमा घाटी दुख्ने, आलस्य हुने, पढ्न मन नलाग्नेलगायत समस्या व्यापक रुपमा बढ्दैं गएको छ । विद्यालयले पनि सामान्य र स्वस्थकर खानेकुरामा जोड दिन आवश्यक भइसकेको छ ।

बालबालिकाहरुलाई खुल्ला वातावरणमा घुलमिल गराउने, अभिभावकले समय बढी दिने, उनीहरुका कुरा सुन्ने, पढाइसगै साथीभाइसँग खेल्न र रमाउने वातावरण सिर्जना गर्नेतर्फ अभिभावकहरुले ध्यान दिनुपर्ने सुझाव विज्ञहरुको छ ।

संयुक्त राष्ट्रसंघले ‘हामीले केटाकेटीलाई सुनौं, बालबालिकाको कुरा सुनौं र बुझौ’ भन्ने नारा नै तय गरेको थियो । यसै सन्दर्भका बालबालिकाको स्वास्थ्यका बारेमा नेपालगन्जको सिटी केयर अस्पतालका प्रबन्ध निर्देशक एवं वरिष्ठ बाल रोग विशेषज्ञ डा. विष्णु थापासँग सहकर्मी कृष्ण अधिकारीले गरेको कुराकानीको मुख्य अंशः




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ