२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ?

डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ?


डा. सुरजकुमार गुप्ता
दम तथा छाती रोग विशेषज्ञ
नर्भिक अस्पताल,थापाथली

सिओपिडी (COPD ) अर्थात् क्रोनिक अब्सट्रक्टीभ पल्मोनरी डिजिजले फोक्सोमा, श्वासप्रश्वासमा अवरोध सिर्जना गरिरहेको हुन्छ । यो रोग लागिसकेपछि मानिसहरुमा श्वासप्रश्वासमा समस्या आउँछ । यसले क्रमसः बिरामीको फोक्सो बिग्रार्दै लैजान्छ । नेपालमा सिओपिडी हुनुमा धुँवा वायु प्रदुषण, धुम्रपान र वंशाणुगत गुणहरुले प्रभाव पारिरहेको अवस्था छ ।

नेपालमा प्राय दाउरामा खाना पकाउने हुनाले पनि सिओपिडीको समस्या दिन प्रतिदिन बढिरहेको छ । बिरामीले धुलो धुँवासँग लामो समयमा बस्नाले फोक्सोका नलीहरु साँघुरिने हुन्छन् । सिओपिडीलाई पनि रोकथाम गर्न सकिन्छ । यसका लागि मानिसहरुले वायु प्रदुषणबाट बच्नुपर्छ र धुम्रपानलाई त्याग्नु पर्दछ ।

सिओपिडीमा मुख्यतयाः मानिसमा स्वाँ—स्वाँ हुने खकार निस्कने र खोकी लाग्ने हुन्छ । सिओपिडीले बिरामीलाई निकै दुःख दिएको अवस्थामा औषधि दिने र खोपहरु लागाउनु् पर्दछ । धेरै नै गाह्रो भएको अवस्थामा अस्पतालमा नै भर्ना भएर उपचार गर्न आवश्यक हुन्छ ।

सिओपिडीका लक्षणहरु

  • छिटो छिटो श्वास फेर्न, कसरत गरेको बेलामा अलि बढी हुने
  • खोकी र खकारसँगै आउने र सजिलोसँग निको नहुने
  • छातीमा संक्रमण हुने
  • लगातार घाटीमा खसखस हुने
  • छाती दुख्ने
  • हरेक राती खकार निस्कने
  • लगातार रुघाखोकी अन्य श्वास सम्बन्धि समस्या हुने
  • कमजोर महसुस हुने
  • श्वास फेर्दा छातीबाट घ्वार—घ्वार आवाज आउने
  • सुरु—सुरुमा यस्ता लक्षण हप्ता वा अझै लामो अन्तरालमा एक पटक हुने गर्छ ।
  • रोग जटिल हुँदैं गएको खण्डमा दिनहुँजस्तो समस्या आइपर्छ ।
  • घ्वार—घ्वारजस्तै खोकी र श्वास फेर्दा सुसेल्न खोजेजस्तो आवाज आउन सक्छ ।
  • सुख्खा खोकीको समस्या दिउँसोमा भन्दा विहान र साँझ बितेपछि बढ्दा देखिन्छ । कसैकसैलाई भने दमको समस्या नभै खोकी मात्र लाग्ने हुन्छ ।
  • दम एलर्जीको कारणबाट सिर्जित रोग भएका कारण बिरामीलाई रुघा लागिरहने, शरीर चिलाउने र हाँच्छ्यु आइरहने पनि हुन सक्छ ।
  •  छाती कस्सिएजस्तो वा केही कुराले थिचिराखेजस्तो हुने
  • लामो श्वास तान्न वा श्वास फाल्न खोज्दा बढी गाह्रो हुने  ।

सिओपिडीका कारण

  • अधिकांश बिरामीमा चुरोट सेवनबाट यो रोग लाग्दछ ।
  • घरमा दाउँराबाट उत्पन्न हुने धुँवा र वायु प्रदुषणबाट यो रोग लाग्छ ।

जोखिमहरु

  • अत्याधिक चुरोट सेवन गर्नाले र चुरोट सेवन गर्नेको नजिक बसेमा
  • धुलो र रसायनिक धुलोमा काम गरेमा
  • इन्धनको धुँवाबाट नजिक बसेमा

सिओपिडीबाट कसरी बच्ने

  • वायु प्रदुषणबाट बच्ने
  • कार्यस्थलमा भएका रसायनिक टाढा रहने
  • स्वस्थ जीवन शैली उपनाउने
  • धुम्रपान नगर्न र टाढा रहने

सिओपिडीको उपचार पद्धती

  • सिओपिडीको अवस्था पूर्ण रुपमा उपचार छैन तर यसलाई रोकथाम गर्ने र लक्षणलाई रोकथाम गर्न धुम्रपान नगर्ने
  • औषधिको प्रयोग
  • अक्सिजन थेरापी
  • सर्जरी वा फोक्सो प्रत्यारोपण
  • नेबुलाइभर लिने
  • जहिले डाक्टरको सम्पर्कमा रहने र उपचार गर्ने ।
  • ठाउँ हेरेर क्लिनिकल जाँचबाट र केवल लक्षण्को आधारमा रोगको निदान गर्नुपर्ने भएकाले ल्याब टेष्टमा कुनै गडबडी नदेखिने पनि हुन सक्छ ।
  • सम्भव छ भने पल्मोनरी फंसन टेष्ट ‘पीएफटी’ (Spirometry Test) गरेर रोगको निदान गर्न सकिन्छ ।
  • विशेषतः पीएफटी गर्दाको औषधिले श्वासको प्रवाहमा सुधार भएको देखिएमा दम रोगको निदान गर्न सजिलो हुन्छ ।
  • रगतमा ‘इओसिनोफिल’ बढेको देखिएमा दमको सम्भावना रहन्छ ।
  • कहिलेकाहीं छातीको एक्स—रे तथा सिटी स्क्यान पनि गर्नुपर्ने हुन सक्छ । जसमा केही गम्भीर किसिमका परिवर्तन देखिन सक्छन् ।

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ