२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट

डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट


ट्राइकोफाइटन, माइक्रोस्पोरम र एपिडमोफाइटनजस्ता सुक्ष्म जिवाणुको संक्रमणका कारण छालामा दाद देखा पर्छ । दाद सबैभन्दा बढी काखी, काँछ, शरीर, खुट्टा र अनुहारजस्ता भागहरुमा देखिने गर्छ । यसरी शरीरका विभिन्न भागमा देखा पर्ने दाद पनि भिन्न–भिन्न प्रकारका हुन्छन् ।

जसअन्तर्गत ‘टिनिया क्यापिटिस’ (टाउकोमा आउने दाद), ‘टिनिया करपोरिस’ (जिउमा आउने दाद), ‘टिनिया क्रिउरिस’ (काँछमा आउने दाद) र, ‘टिनिया पेडिस’ (खुट्टामा आउने दाद) आदि रहेका छन् ।

दादका लक्षणहरु

बाहिरी भाग छालाको सतहबाट अलि उठेको र बीच भाग सामान्य देखिने दाद देखापर्नु पूर्व यसको संकेतद्वारा नै हामीले भनेर निर्क्याैल गर्न सकिन्छ ।  दादका लक्षणहरु यसप्रकार हुन्छन् ।

  •  शरीरको काँप—काँपमा र अन्य भागमा गोलो ‘रिंग’जस्तै आकारको घाउ देखा परीर बढ्दै जानु
  • धेरै चिलाउनु
  • बढीजसो काखी र काँछ वरपर देखा पर्नु
  • टाउकोको कपालमा संक्रमण भएमा कपाल आफै झर्ने तथा कपालमा चायाँ बढ्दै गई घाउ समेत देखापर्नु ।

संक्रमण कसरी हुन्छ ?

दाद सरुवा रोगमध्ये एक हो । यो प्रत्यक्ष र अप्रत्यक्ष रुपमा एकबाट अर्काे व्यक्तिमा सर्दछ । विशेषगरी यो दाद संक्रमित व्यक्तिसँग सम्पर्क राख्दा प्रत्यक्ष रुपमा सर्दछ । अप्रत्यक्ष रुपमा भने संक्रमित व्यक्तिको तौलिया, साबुन, कपडा आदि जस्ता वस्तुबाट सर्ने गर्छ ।

दाद आउने कारणहरु

  • अनुपयुक्त तथा सुख्खा वातावरण
  • गर्मी मौसम
  • अत्याधिक पसिना
  • मोटोपना
  • कपडा, ओछ्यान, साबुन र रुमालको साझा प्रयोग

दादको कसरी उपचार गरिन्छ ?

बिरामीको पृष्ठभूमी र स्वास्थ्य परीक्षण गराउनुपर्छ । एक ‘केओएच’ परीक्षण गरिन्छ । यसअन्र्तगत छालाको माथिमाथि अलि खुर्केर माइक्रोस्कोपको सहायताले संक्रमित छालाको अवलोकन गरिन्छ ।

उपचार विधिः

  • एन्टीफंगल औषधी,क्रिम, र साबुन प्रयोग गर्ने
  • टरविनाफिन, इट्राकोनाजोल, ग्रिसिओफल्विन र क्रिम चाहिँ  माइकोनाजोल र ब्युटीनाफिन प्रयोग गर्ने ।

रोकथामका उपाय

  • तौलिया, साबुन, संक्रमित व्यक्तिको प्रयोग नगर्ने,
  • सरसफाइमा ध्यान दिने
  • नुहाउँदा शरीरको सबै भाग सफा गर्ने
  • नुहाएपछि सुख्खा हुने गरी पुछ्ने ।

    मान्छे एक दुई ठाउँमा सामान्य दाद देखिदा चिकित्सकलाई नदेखाएर सिधैं फार्मेसीहरुमा जाने गर्छन् । फार्मेसीले स्टेरोइड औषधी दिने गरेका पाइन्छ, यो दादका लागि चलाउनै नहुने औषधी हो । स्टेरोइडले प्रयोग गरुन्जेल ठीक भएजस्तो हुन्छ, तर औषधी छोडने बितिकै शरीरभरि दाद देखिने समस्या निम्तिन्छ ।

    मैले काम गर्दा यस्ता धेरै बिरामीहरु भेटेको थिए । स्टेरोइडजस्तो औषधीले बिगारेको दादलाई टिनिया इन्कगनिटो भनिन्छ । त्यसकारण सामान्य दाद आउँदा पनि छालाको चिकित्सकलाई देखाउनुपर्छ । त्यतिकै चिकित्सकको सल्लाहबिना कुनै पनि औषधीहरुको प्रयोग गर्नु हुँदैन् ।


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ