२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगके कारण पर्छ चाँया? कसरी गर्न सकिन्छ रोकथाम ?

के कारण पर्छ चाँया? कसरी गर्न सकिन्छ रोकथाम ?


डा. सविना भट्टराई, बरिष्ठ छाला रोग विशेषज्ञ
काठमाडौं मेडिकल कलेज, सिनामंगल

चाँया रोग एक किसिमको सुपर फिसियल फंगल इन्फेक्सनबाट लाग्ने रोग हो । यो एक प्रकारको ढुसी हो । यसले शारीरिक रुपमा पार्ने असर त छदैंछ, यसबाहेक यसले मानसिक रुपमा पनि ब्यक्तिलाई लज्जाबोध गराउँछ । फलस्वरुपः व्यक्तिमा आत्मविश्वासको कमीका कारण समूह तथा हुलमुलमा नै बस्न छाडिदिने गर्दछ । तसर्थ हामीले चायाको निर्मुलन समयमै गर्नु पर्दछ ।

यो चाया रोग, म्यालसेसिया फरफर नामक जिवाणुको कारण लाग्दछ । नेपालीमा फुकुवा भनेर चिनिने यो रोग सामान्यतयाः बच्चाहरुमा आमाको हार्माेनको कारण नौ महिनाभित्र देखा पर्दछ । जुन बच्चाको टाउकाको अघिल्लो भागमा प्राप्राको रुपमा रहेर बसेको हुन्छ । यसबाहेक युवावस्थामा देखिने चायाको सन्दर्भमा भन्नु पर्दा यो रोग विभिन्न कारण देखा पर्ने गर्दछ ।

– हार्माेनका कारण

– कपालमा आएको चिल्लोपनका कारण

– सरसफाइको कमीका कारण

– वर्षा तथा जाडोयाममा प्रयोग गरेको हेलमेट तथा टोपीहरु भिजेर गुम्सिएको खण्डमा

– जाडोमा प्रयोग गुम्सिने गरी ऊनीका टोपिहरुका प्रयोग गरेमा,

– बढी धुलो—धुवाँमा बस्नाले आदि ।

रोकथामका उपायहरु

सर्वप्रथम हामीले चाया रोग भनेको फंगल्सका कारण लाग्ने रोग भन्ने बुझ्नुपर्छ । यो चिल्ल्लोपना बढी भएको ठाउँमा फस्टाउने गर्दछ । सो चाँयाको रोकथामको निमित्त सर्वप्रथम हामीले हाम्रो कपालमा तेल हाल्ने बानी बन्द गर्नुपर्छ । यसैगरी अत्याधिक धुलो—धुवाँ भएको वातावरणबाट जोगिनु पर्दछ । यदि त्यस्तो वातावरणमा हिड्नै पर्ने भए हामीले आफ्नो टाउको तथा शरीर पूरा ढाकिने कपडा लगाउनु पर्दछ ।

हामीले आफ्नो सरसफाइमा विशेष ध्यान दिई दैनिक नुहाउनाले पनि चायाबाट छुटकारा पाउन सकिन्छ । यस्तै, आजभोलि बजारमा चाँया प्रतिरोधात्मक विभिन्न स्याम्पु तथा लोसनहरु पनि उपलब्ध छन् । किटोपनाजोल र किम्बाजोलजस्ता स्याम्पुहरु पनि यसमा कामयावी हुन सक्छन् । अन्य औषधि तथा उचित ओरल औषधिहरुको प्रयोगले पनि चाँया निर्मुल पार्न मद्दत गर्दछ ।

हाम्रो शरीरमा र कपालमा एउटै फंगल्सका कारण चाँया पर्ने हुँदा कतिपय अवस्थामा यो अत्याधिक मात्रामा बढी शरीरभर नै फैलन सक्ने पनि हुन्छ । त्यस्तो अवस्थामा चाँयाले कतिको भाग ओगटेको छ र, यसले कतिको असर पारेको छ भन्ने कुरा ध्यानमा राखी औषधि उपचार गर्नु पर्दछ ।

तर, पर्याप्त हेरचाह गर्दागर्दै पनि चाँयाले सतायो वा चाँयाका कारण चिलाएको ठाउँ रातो देखिन गई त्यहाँको छालाहरु जान थालेको अवस्थामा भने हामीले तुरुन्त चिकित्सकसँग परामर्श लिनु पर्दछ । यसैगरी, चाँया हराइसकेपछि पनि नियमित र पूर्ण रुपमा औषधिको प्रयोग गरी कम्तिमा हप्तामा मेन्टेन्स थेरापी गरेको खण्डमा पनि चाँया रोग फर्कने सम्भावना न्युन रहन्छ ।


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ