२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यबालबालिकाको खाद्य पदार्थमा गुलियोपना अत्याधिक : वजन वृद्धि र दाँतको समस्या बढ्ने चिन्ता

बालबालिकाको खाद्य पदार्थमा गुलियोपना अत्याधिक : वजन वृद्धि र दाँतको समस्या बढ्ने चिन्ता


काठमाडौं-बालबालिकालाई लोभ्याउनका लागि उत्पादकहरुले खाद्य पदार्थमा चिनीको मात्रा अत्याधिक प्रयोग गर्ने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओले हालै सार्वजनिक गरेको प्रतिवेदनमा व्यवसायिक रुपमा उत्पादित खाद्य पदार्थमा अत्याधिक गुलियो पदार्थ पाइएकोले चासो बढेको उल्लेख छ । ८ हजार उत्पादित वस्तुको परीक्षण गर्दा चिनीको मात्रा अत्याधिक पाइएको हो । संगठले बुल्गेरिया, अस्ट्रिया, इजरायल र हंगेरीमा अध्ययन गरेको थियो ।

सन् २०१७ नोभेम्बरदेखि सन् २०१८ को जनवरीसम्म अध्ययन गरिएको थियो । परीक्षण गरिएकामध्ये आधारभन्दा बढीमा ३० प्रतिशतभन्दा बढी क्यालोरी पाइएको प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्यमा हानी
गुलियोले स्वास्थ्यलाई हानी गर्छ । अत्याधिक गुलियो सेवन गर्ने बालबालिकाको वजन अत्याधिक हुने र दाँतसम्बन्धी समस्या हुने चिन्ता विज्ञहरुले व्यक्त गरेका छन् ।

उक्त अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बालबालिकाको शारिरीक र मानसिक स्वास्थ्यका लागि गुणस्तरयुक्त पौष्टिक तत्वमा जोड दिनुपर्छ ।’


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ