२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यकाठमाडौंकै बालबच्चा पोषणयुक्त खानाबाट बन्चित

काठमाडौंकै बालबच्चा पोषणयुक्त खानाबाट बन्चित


-सराह बोस्ले/हेल्थ इडिटर, द गार्डियन

नेपालका बालबालिकाले जंक फुडका कारण एक तिहाई मात्र क्यालोरी प्राप्त गर्ने एक अध्ययनले जनाएको छ । नेपालका बालबालिकाको खानपिनको विषयमा गरिएको अध्ययनबाट उक्त निष्कर्ष निस्किएपछि विषेशज्ञहरुले आफ्ना बालबालिकाको खानामा पोषणयुक्त खानाहरु समावेश गर्नको निमित्त अभिभावकहरुलाई आग्रह गरेका छन् ।

अध्ययनकाअनुसार, बजारमा सजिलै उपलब्ध हुने बिस्कुट, चाउचाउ, चिप्स तथा रेडिमेड पाइने जुसजस्ता खानेकुराहरुले बालबालिकाको शरीरमा आवश्यक भिटामिनहरुको नाश गरी यसले उनीहरुमा रहेको बढ्ने क्षमताको समेत नाश गर्ने बताएको छ । जनरल अफ न्युट्रेशनमा प्रकाशित उक्त अनुसन्धानले पछिल्लो समय संसारभर मौलाउदै गएको जंक फुडको उच्च प्रयोगका कारण बालबालिकामा मोटोपनको मात्र समस्या नभै यसबाट उनीहरुको वृद्धि विकासमा समेत नकरात्मक प्रभाव पार्ने जनाएको हो ।

काठमाडौंको उपत्यकाभित्र गरिएको सो अध्ययनको परिक्षण ७४५ परिवारमा रहेको १२ देखि २३ महिनाको बालबालिकामा गरिएको थियो । हेलेन केलर इन्टरनेशनल हस्पिटलमा कार्यरत पदाधिकारीद्धारा गरिएको सो अध्ययनमा नेपालजस्ता तेस्रो मुलुकहरुमा बालबालिकालाई दिइने त्यस्ता खानाहरुबाट उनीहरु प्रत्यक्ष प्रभावित हुने निष्कर्ष तथ्यांकले देखाएको छ ।

बढी मात्रामा जंक फुडको प्रयोग गर्ने गरेको बालबालिकाको शरीरमा अन्य समुहका बालबालिकाको शरीरको तुलनामा अत्याधिक मात्रामा नुन, चिनी तथा मोटोपन बढाउने तत्वको मात्रा रहनुका साथै भिटामिन ए, प्रोटेशन, आइरन तथा शरीरको वृद्धि विकास गर्ने क्षमतामा कमी हुने स्रोतका दाबी रहेको छ ।

यस विषयमा बोल्दै डा. एलिजा प्राइजले यस किसिमको अध्ययन अनुसन्धानबाट धेरै अभिभावकहरु आफ्ना बालबालिकाको आहाराप्रति सजग रहेको र यस किसिमका अध्ययनहरुले बालबालिकाहरुको निकट भविष्यमा आइपर्न सक्ने समस्याहरुलाई पहिले नै सचेत गराउने हुँदा यस किसिमका अध्ययन अनुसन्धानहरु अझ अघि बढाउनुपर्ने बताए ।

प्रसंगलाई जोड्दै उनले भने, ‘आन्तरिक स्थानबाट उत्पादित होस् या बाहिरी स्थानबाट आयात भएका हुन्, नेपालको प्रत्येक किनारा तथा खाजा पसलहरुमा हाल त्यस्ता जंक फुडले मार्केट लिएको देखिन्छ । प्याकेटमा उपलब्ध हुने त्यस्ता खानाहरुले शरीरमा गराउने नकरात्मक प्रभावबारे हाल मानिसहरुमा ज्ञान भएतापनि स–साना बालबालिकालाई यस्ता खानाहरु खानबाट वञ्चित नगरिदा यसबाट उनिहरुको स्वास्थ्यमा असर पारिरहेको बताए ।’

प्रायजसो व्यक्तिहरुलाई जंकफुडको असरबारे ज्ञात भएता पनि सजिलै उपलब्ध हुन भएकाले सो खानाहरुको प्रयोग गरिरहेका हुन्छन् । प्राइज भन्छन्, ‘जंकफुडको बारेमा थाहा पाइसक्दा पनि मानिसहरु अझै किन यसको प्रयोग गर्छन् र अझ बजारमा यसको माग किन प्रत्येक दिन बढ्दै छ ,यस कुराबाट म साँच्चै अचम्मित भएको छु ।’

यस विषयमा समान धारणा राख्दैं डा. अतुल उपाध्याय भन्छन्, ‘जंक फुडको असरबारे थाहा हुदाहुदै पनि यसको माग बजारमा अचम्मको रुपमा बढ्दै छ । तसर्थ स्वस्थ्य खानपिन सम्बन्धि मानिसहरु अझ बढी सचेत रहनुपर्ने देखिन्छ ।’

गार्डियनमा प्रकाशित यो सामाग्री श्रीना मगरले अनुवाद गरेकी हुन् ।


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ