२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यआमाको मोटोपन शिशुको निम्ति बन्न सक्छ ‘क्यान्सर’को कारण

आमाको मोटोपन शिशुको निम्ति बन्न सक्छ ‘क्यान्सर’को कारण


अमेरिका—उच्च मोटोपन विभिन्न रोगका कारण हो । मोटोपनकै कारण शरीरमा आलस्यता उत्पन्न भै दैनिक जीवनमा गरिने कार्यहरुमा समेत कठिनाई पर्न जान्छ । यसबाट शरीरमा विभिन्न रोगका लक्षणहरु देखा पर्दछ ।

यस्तै, पछिल्लो पटक गरिएको अनुसन्धानले कुनै पनि आमाको अत्याधिक मोटोपन शिशुको ‘ल्युकेमिया’ ९क्यान्सरको० कारण पनि बन्न सक्ने निष्कर्ष निकालेको छ । मोटोपना व्यक्तिको स्वयम् जीवनका लागि त खतरानाक त छदैछ, आमाको उच्च मोटोपनका कारण शिशुमा समेत सो रोगको सम्भावना उच्च रहने पछिल्लो अनुसन्धानले देखाएको छ ।

२ लाख शिशुमा गरिएको उक्त अनुसन्धानअनुसार, सामान्य आमाहरुको तुलनामा उच्च तौल ९ठूलो शरीर भएको० भएका आमाहरु को मोटोपनकै कारण पाँच वर्षअघिको शिशुमा ल्युकेमियाको विकास हुने सम्भावना दुई गुणा बढी रहन्छ । लामो समयको अनुसन्धान पश्चात् निकालिएको सो निष्कर्ष अनुसार, आमाको उमेर तथा वर्ग शिशुको क्यान्सर हुने कारणबाहेक उच्च मोटोपन पनि एक कारण हो ।

पिट्सवर्ग तथा युपीएमसी हिलमन क्यान्सर सेन्टरमा अनुसन्धानसँग सम्बन्धित कार्य गरी यसै विषयका पिएचडी होल्डर साइना स्ट्यासी भन्छन्, ‘हालसम्म शिशु क्यान्सरको धेरै तथा उचित निर्मुलनको बारेमा हामी स्वयं आफै पनि अनभिज्ञ छौं । आशा छ, यसप्रकारको समाचारले पनि आमाहरु आफ्ना तौलको विषयमा अलि सचेत हुने रहनेछन् ।’

अनुसन्धानबाट प्राप्त निष्कर्ष अमेरिकाको जनरल अफ इपिडेमियोलाजी अनलाइनमार्फत सार्वजनिक गरिएको थियो ।

उच्च बिएमआई क्यान्सरको एक कारक

स्ट्यासी तथा उनका सहकर्मीहरुले आफ्ना अनुसन्धानको निमित्त पेन्सिलभेनियाको स्वास्थ्य विभागबाट प्राप्त तथ्याङ्कको अध्ययन गरेका थिए । जसमा सन् २००३ देखि सन् २०१६ सम्म जन्मिएका १८ लाख, २७ हजार, ८ सय पचहत्तर ९१८,२७,८७५० शिशुहरुमार्फत पुष्टि गरिएको थियो ।

त्यसमध्ये २ हजार ३ सय ५१ बालबलिकामा क्यान्सर देखिएको थियो भने ७ सय ४७ बालबालिकामा चौध वर्षको उमेरअघि नै ल्यकेमियाको लक्षणहरु देखा परेको देखियो । जसमध्ये ‘अक्युट लिम्फोल्बास्टिक ल्युकेमिया’ र ‘रोबास्टोमा’ लक्षण सबैमा देखिएको थियो ।

ढिलो उमेरको प्रजनन पनि ल्युकेमिया एक कारक पक्ष हो । जसमध्ये पनि कालो वर्गको व्यक्तिहरु यसको जोखिमबाट अन्यको तुलनामा कम रहेको पाइएको थियो । अनुसन्धाकर्ता समेत यस किसिमको प्राप्त नतिजाप्रति सन्तुष्ट रहेको देखिन्छ ।

उच्च तौलका आमाहरुको तुलनामा साधारण तौलका आमाहरुमा यस क्यान्सरको जोखिम १।३२ गुणा कम पाइएको छ । यसैगरी, गर्भवती अवस्थामा ९० देखि १०० तौल भएका आमाहरुमा ४२ देखि ४६ प्रतिशत ल्यूकेमियाको जोखिम रहेको पाइएको थियो ।

सामान्य तौलभन्दा ३० प्रतिशत गुणा बढी तथा घटी वजन रहेको शिशुमा ३७ प्रतिशत, ११६ प्रतिशत कुनै पनि क्यान्सर भएको बालबालिकामा र अन्य बालबालिकामा १० प्रतिशत यस क्यान्सरको जोखिम देखिएको छ ।

‘हामी यस महामरीबारे अध्ययन जारी राखिरहेका छौं’, वरिष्ठ चिकित्सक जिएन मिन युआनले भने । आफ्नो तौलको उचित व्यवस्था गर्नु आमाको लागि मात्र नभै शिशुको लागि पनि उत्तिकै लाभदायक रहेको उनले बताए ।

यसै विषय गहन अध्ययन गरेको बताउने मारिया च्याङ स्वाट्र्जले भनिन्, ‘अझ यस विषयमा कतिपय आमाहरु अनभिज्ञ रहेको देखिन्छ । यो मुख्यतयाः गर्भवती अवस्थामा आमाको उच्च तौल र बिएमआईका कारण देखिने बताइन् । आफ्नो कुरालाई जोड दिदै उनले थपे, ‘तसर्थ यस दौरानमा आफ्नो तौलप्रति सजग हुनु एकदमै आवश्यक रहन्छ ।’

(अरनोल्ड पाल्मर इन्डोमेन्ट फन्ड सहकार्यमा साभार तथ्याङ्क)


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ